YouTube Link

अध्यक्ष शेखर गोल्छा र संयोजक सारा व्योसोलो नयन्थीबीच भेटवार्ता

World Cup 2026
Facebook Link

काठमाडौं: अध्यक्ष शेखर गोल्छा र संयोजक सारा व्योसोलो नयन्थीबीच भेटवार्ता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच भेटवार्ता भएको हो ।

 

संयुक्त राष्ट्र संघको दीगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सामना गर्नुपर्ने चुनौती ,निजी क्षेत्रको भूमिका र कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

 

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल हुने अध्यक्ष गोल्छाले बताएका थिए । आगामी वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पूरा गर्नुपर्ने तयारीलाई नेट २०३० भित्र समावेश गरिएको महासंघले बताउँदै आएको छ ।

 

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरिसकेको छ ।

 

एसडीजीका लक्ष्य निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेकाले यसमा सहयोग गर्न संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थी आग्रह गरेको महासंघले जनाएको छ ।

 

नेपालको स्तरोन्नती र एसडीजीका लक्ष्यहरू पूरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनुसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण रहेको उनको मत छ ।

 

यो पनी पढ्नुहोस् :

लघुवित्त वित्तीय संस्थाले काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...