YouTube Link

रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता पाएन

Facebook Link

एजेन्सीः क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता पाएन ।

युभेन्ट्सले इटालियन सिर ‘ए’ लिगमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा युभेन्ट्स युडिनेसीसँग २–२ को बराबरीमा रोकिएको छ ।

प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई सुरुआती ११ मा स्थान दिएका थिएनन् ।

पछिल्लो केही दिन यता रोनाल्डो रियाल मड्रिड फर्कन लागेको खबर सार्वजनिक भइरहेको छ ।

स्वयम् रोनाल्डो र एलेग्रीले तथ्यहीन खबरको पछि नलाग्न पनि आग्रह गरेका थिए ।

एलेग्रीले रोनाल्डोलाई समावेश गर्दै आफुले टोलीको रणनीति तयार पारेकाले भ्रममा नपर्न समेत आग्रह गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो टोलीका सधैं प्रमुख खेलाडी हुन् ।

आज सिजनको पहिलो खेल थियो ।

त्यसैले मैले रोनाल्डोलाई सुरुआती ११ मा समावेश नगरेको हुँ।

एलेग्रीले भने, उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे ।

उनकै गोलमा टोली स्पष्ट ३ अंकका साथ सुखद सुरुआतको संघारमा पुगे पनि हामी त्यसमा सफल भने हुन सकेनौं ।’

पहिलो हाफमा पाउलो डिबाला र हुवाँ क्वाडार्डोको समान एक गोलमा युभेन्ट्सले पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।

तेस्रो मिनेटमा डिबालाको गोलमा अग्रता लिएको युभेन्ट्सको अग्रता २३औ मिनेटमा क्वाडार्डोले दोब्बर पारेका थिए।

दोस्रो हाफमा गोलकिपर वाइजे स्चिन्सेको दुई गम्भीर गल्तीमा युडिनेसी खेलमा फर्किएको थियो ।

५१औं मिनेटमा रोबेर्टो पिइरेराले गरेको पेनाल्टीको सदुपयोग गर्दै युडिनेसीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

स्चिन्सेले तोलगे आर्सलानलाई लडाएपछि युडिनेसीले खेलमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

८३औँ मिनेटमा जेरार्ड डेउलुफुले स्चिन्सेकै गल्तीको फाइदा उठाउँदै युडिनेसीलाई खेलका फर्काएका थिए ।

इन्जुरी समयको चौथो मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत युभेन्ट्सलाई अग्रता दिलाउँदै स्पष्ट ३ अंकको संघारमा पुर्याीएका थिए ।

तर भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भन्दै सो गोलले मान्यता पाएन।

यो पनि पढ्नु होस्ः राष्ट्रिय क्रिकेट टिमको १७ सदस्यीय टोली आज ओमान प्रस्थान

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...