YouTube Link

सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन

World Cup 2026
Facebook Link

काठमाडौं:  सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको हो  ।

 

आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.३१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

 

यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड रुपैयाँ बढी रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३०.५७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १६ लाख रुपैयाँ रहेको थियो।

 

यो अवधिसम्म बैंकले ५ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.६२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

 

बैंकको रिजर्भको आकार ४९.४८ प्रतिशतले बढेर ९ अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्षसम्म रिजर्भमा ६ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

 

चुक्तापुँजी १० अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकले निष्क्रिय कर्जा (एनपीएल) १.३८ प्रतिशतबाट घटाएर १.१६ प्रतिशतमा झार्न सफल भएको छ। सीसीडी रेसियो ७७.४२ प्रतिशत रहेको बैंकको आधार दर ७.१६ प्रतिशत रहेको छ ।

 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.५५ रुपैयाँबाट बढेर २५.८७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस १४.७० प्रतिशत रहेको थियो। पीई रेसियो १९.४८ गुणा रहेको बैंकको प्रतिसेयर आम्दानी १८४.८६ रुपैयाँ रहेको छ ।

 

यो पनी पढ्नुहोस् :

मानुषी लघुवित्त संस्थाको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...