स्पेनिस ला लिगा नयाँ सिजनमा रियल मड्रिडकाे विजयी सुरुवात
डिपोर्टिभो ४-१ले पराजित
वि.सं.२०७८ साउन ३१ आइतवार १४:४०
1.4K
shares
एजेन्सीः स्पेनिस ला लिगा नयाँ सिजन २०२१-२२ फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।
शनिबार राति सिजनको पहिलो खेलमा रियलले डिपोर्टिभो अलाभेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
रियलको जितमा करिम बेन्जिमाले दुई तथा नाचो फर्नान्डेज र भिनिसियस जुनियरले समान एकरएक गोल गरे ।
डिपोर्टिभोका लागि जोसेलुले पेनल्टी मार्फत सान्त्वना गोल फर्काए ।
डिपोर्टिभो पहिलो हाफ रियल मड्रिडलाई गोलरहित बराबरीमा रोकेको थियो ।
दोस्रो हाफमा रियल मड्रिडलाई डिपोर्टिभोले रोक्न सकेन ।
दोस्रो हाफको एघार मिनेट भित्र रियल म्याड्रिले खेलमा २–०गोलको अग्रता बनाएको थियो ।
४८औं मिनेटमा इडेन हर्जडको पासमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
५६औं मिनेटमा लुका मोड्रिडको पासमा नाचोले गोल गर्दै रियल म्याड्रिडको अग्रता दोब्बर बनाएका थियो ।
रियाल म्याड्रिड यतिमा मात्र रोकिएन ६२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।
६५औं मिनेटमा डिपोर्टिभोका जोसेलुले पेनाल्टीमा गोल गर्दै खेल ३–१को स्थितिमा पु¥या ।

जोसेलुको गोलसाँगै डिपोर्टिभो खेलमा फर्किने संकेत देखाए पनि त्यो सम्भव हुन सकेन ।
खेलको इन्जुरी समयमा ब्राजिलियन खेलाडी भेन्सिनी जुनियरले गोल गर्दै रियललाई खेलमा स्पस्टता ३ गोलको अग्रता दिलाएका थिए ।
स्पेनिस ला लिगा नयाँ सिजन रियल म्याड्रिडले समग्रा ४–१को जित दर्ता गर्दै लिगको पहिलो खेलमा जित दर्ता गरेको हो ।
यो पनि पढ्नु होस्ः
स्पेनिस ला लिगामा भ्यालेन्सिया विजयी पहिलो खेलमै दुई रातो कार्ड
वि.सं.२०७८ साउन ३१ आइतवार १४:४०



















