YouTube Link

कोरोना संक्रमण नियन्त्रणमा खोपसँगै स्वास्थ्य मापदण्ड आवश्यक

कोरोना भाइरसको उत्पत्ती र हालको अवस्था

Facebook Link

सन् २०१९ डिसेम्बर महिनामा चीनको उहानमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । चीनमा देखिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको मात्र हैन लाखौ मानिसको ज्यान समेत अवस्था छ  । कोरोना संक्रमणका कारण हाल विश्वभर ४३ लाख भन्दा बढिको ज्यान गईसकेको छ भने २० करोड बढी संक्रमित भईसकेका छन् । साथै हाल चीनमा देखिएको कोरोना भाइरसको भेरिएन्टभन्दा नयाँ–नयाँ भेरिएन्ट समेत देखिएको छ ।

चीनमा देखिएको भाइरस भन्दा फरक कोरोना भाइरसको भेरिन्एन्ट सन् २०२१ को सुरुमा बेलायतमा ‘बी.१.१.७’ देखिएको थियो । अनि पछि दक्षिण अफ्रिकामा ‘बी.१.३५१’ नामक कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण धेरैको मृत्यु समेत  भएको थियो । साथै ब्राजिलमा पनि अर्को भेरिएन्ट ‘पी.१’ उत्पत्ति भएको थियो । यसैगरी भारतमा भारतीय भेरिएन्ट बी.१.६१७.२ समेत देखिएको छ ।

यी विभिन्न प्रकारका भेरिएन्टहरुको नामाकरण समेत संयुत राष्ट्र संघ डब्लुएचओले गरेको छ ।  डब्लुएचओले युके बी.१.१.७ लाई अल्फा नाम तोकेको छ । बेलायती भेरिएन्ट भनिने सो भाइरसको रूप २०२० को सेप्टेम्बर देखिएको थियो । दक्षिण अफ्रिकामा सोही वर्ष मेमा देखिएको भेरिएन्ट बी. १.३५१ को नाम बिटा दिएको छ । त्यस्तै ब्राजिलमा देखिएको भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ । भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ । यसैगरी भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई काप्पा नाम दिइएको छ । ब्राजिलको अर्को भेरिएन्टले भने जिटा नाम पाएको छ । पिलिपिन्समा देखिएको भेरिएन्टलाई थिटा नाम तोकिएको छ । त्यस्तै अमेरिकामा देखिएको बी.१.५२६ भेरिएन्टको नाम आयोटा राखिएको छ भने अमेरिकामै देखिएको अर्को भेरिएन्टको नाम एप्सिलन राखिएको छ ।

कोरोना भाइरसका लागि खोपको नै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण हाल विश्वका विभिन्न मुलकले उत्पादन गरेका कोरोना भाइरस विरुद्धका खोपको प्रयोग विश्वभर करोडौं मानिसले गरिसकेका छन् । तर कोरोना भाइरसको जिन विभिन्न भेरिन्टमा परिर्वन हुनु नै अहिलेका मुख्य चुनौतिका रुपमा देखिएको छ । पुरानो भाइसका लागि बनेका कतिपय खोप नयाँ भेरिन्एटका लागि समेत उपयोगी हुने दाबी गरिएका गरिए पनि भाइरस विभिन्न स्वरूपमा परिवर्तित हुँदै जाँदा खोप नै निष्प्रभावी बन्ने हो कि भन्ने आशंका पैदा समेत पैदा भएको छ ।

कोरोना भाइरको जीन परिर्वतनका कारण भाइरस नियन्त्रणमा सकस

कोरोना भाइरसका लागि कोरोना भाइरस विरुद्धका विभिन्न खोपले राम्रो उपलब्धी हासिल गरेको छ । हाल विश्वभरका विभिन्न देशहरुले उत्पादन गरेका विभिन्न खोप विश्वका विभिन्न मुलकहरुमा प्रयोगमा आईसकेको छ । कोरोना भाइरस विरुद्धको खोपका अध्ययन अनुसन्धानका सुरुका समयमा अमेरिकन कम्पनी फाइजरले बनाएको खोपको प्रभावकारीता ९५ प्रतिशत, मर्डेना खोप ९४ दशमलब ५ प्रतिशत, रसियाको स्पुतानिक खोप ९५ प्रतिशत र अक्सफोर्डले ७० प्रतिशत प्रभावकारी भएको बताएको थियो भने हाल मोर्डेना स्पुतानिक, लगाएयत फाइजर,  जोन्सोन एण्ड जोन्सोन, आस्ट्राजेनिका, भेरोसेल लगायत खोपको प्रयोग विश्वभर भएका छन् साथै खोपको प्रभावकारीता समेत राम्रो देखिएको छ ।

कोरोना भाइरसका लागि खोपको नै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण हाल विश्वका विभिन्न मुलकले उत्पादन गरेका कोरोना भाइरस विरुद्धका खोपको प्रयोग विश्वभर करोडौं मानिसले गरिसकेका छन् । तर कोरोना भाइरसको जिन विभिन्न भेरिन्टमा परिर्वन हुनु नै अहिलेका मुख्य चुनौतिका रुपमा देखिएको छ । पुरानो भाइसका लागि बनेका कतिपय खोप नयाँ भेरिन्एटका लागि समेत उपयोगी हुने दाबी गरिएका गरिए पनि भाइरस विभिन्न स्वरूपमा परिवर्तित हुँदै जाँदा खोप नै निष्प्रभावी बन्ने हो कि भन्ने आशंका पैदा समेत पैदा भएको छ ।

नेपालको पहुँचमा कोरोना भाइरस विरुद्धको खोप

नेपालमा अहिलेसम्म कोभिशील्ड, भेरोसेल, जोनसन एण्ड जोनसन खोप भित्रिसकेको छ । आफ्ना नागरिकलाई सुरक्षित बनाउन कोरोना भाइरस विरुद्धको खोपलाई विश्वका सबै सरकारले महत्व दिईरहेका बेला नेपालमा पनि कोराना भाइरविरुद्धको खोप भारत सरकारले अनुदान स्वरुप दिएको १० लाख मात्रा खोपबाट सुरु भएको  थियो ।

नेपालमाा पहिलो पटक माघ ८ गते भारतले अनुदान दिएको १० लाख मात्रा कोभिशिल्ड खोप नेपाल भित्रिएको थियो । त्यस्तै, भारतीय सेनाले नेपाली सेनालाई अनुदान स्वरुप १ लाख डोज कोभिसिल्ड प्रदान गरेको थियो । साथै नेपाल सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खरिद गर्ने सहमति भएको थियो । जसअन्तर्गत भारतले १० लाख डोज मात्रै नेपाललाई उपलब्ध गराएको छ भने बाँकी १० लाख मात्रा खोप रोकिएको छ । यसैगरी ३ लाख ४८ हजार मात्रा खोप भने कोभ्याक्स सुविधा अन्तर्गत नेपाल भित्रिएको छ । यी सबै  गरेर नेपालमा कोभिसिल्ड खोप २४ लाख ३८ हजार नेपाल भित्रिएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसका हाल विभिन्न भेरिन्एट समेत देखिएकाले कोरोना संक्रमण नियन्त्रणमा थप चुनौति थपिएको छ । विगत दुई वर्ष देखि नेपाल मात्र हैन सारा विश्वनै कोरोनाको चपेटाबाट बाहिर निस्कन सकेको छैन । यस्तो अवस्थामा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा महत्वपूर्ण मानिए पनि खोपले मात्र संक्रमणबाट बचाउन मदत गर्छ भन्न अहिलेको अवस्थामा कठिन देखिन्छ । जस्को लागि कोरोना भाइरसले आफ्नो स्वरुप परिर्वन गर्नुलाई पनि मान्न सकिन्छ ।

यसैगरी चीनको साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालमा पहिलो पटक ८ लाख मात्रा अनुदान स्वरुप भित्रिएको थियो । साथै चीनले पुनः नेपाललाई १० लाख मात्रा खोप अनुदानमा प्रदान गरेको थियो । साथै सरकारले ४० लाख भेरोसेल आफै खरिद गरी ल्याएको थियो । अर्थात् ५८ लाख  भेरोसेल नेपाल भित्रिएको छ । त्यस्तै अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीद्वारा निर्मित जोन्सेन खोप पनि भित्रिसकेको छ । यो खोप कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख ३४ हजार मात्रा खोप नेपाल आइपुगेको हो ।

केहि समय अघि जापान सरकारले सहयोग गर्ने भनेको एस्ट्राजेनेकाको १६ लाख खोप मध्ये ५ लाख १३ हजार ४ सय २० खोप नेपाल भित्रिएको छ । यसैगरी साउन २२ गते भुटानले सहयोग गरेको २ लाख ३० हजार मात्र एस्ट्राजेनेकाको खोप समेत नेपाल भित्रिसकेको छ । साथै स्वास्थ्य मन्त्रालयलयको तथ्यांक अनुसार असोज महिना सम्म १६ लाख भेरोसेल अनुदानमा तथा ६० लाख खरिद प्रक्रियाबाट खोप आउने छ । साथै भारतबाट खरिद गरेको २० लाख मध्येको बाँकी १० लाख खोप पनि असोज महिना सम्म आउने छ भने पुष माघ सम्ममा मोडर्ना तथा फाइजर गरी जम्मा ३ लाख २३ हजार खोप नेपाल आउने स्वास्थ्य  मन्त्रालयको तथ्यांकमा छ ।

कोरोना संक्रमण नियन्त्रणमा खोपसंगै स्वास्थ्य मापदण्ड अपरिहार्य

चीनबाट सुरु भएको कोरोना भाइरसका हाल विभिन्न भेरिन्एट समेत देखिएकाले कोरोना संक्रमण नियन्त्रणमा थप चुनौति थपिएको छ । विगत दुई वर्ष देखि नेपाल मात्र हैन सारा विश्वनै कोरोनाको चपेटाबाट बाहिर निस्कन सकेको छैन । यस्तो अवस्थामा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा महत्वपूर्ण मानिए पनि खोपले मात्र संक्रमणबाट बचाउन मदत गर्छ भन्न अहिलेको अवस्थामा कठिन देखिन्छ । जस्को लागि कोरोना भाइरसले आफ्नो स्वरुप परिर्वन गर्नुलाई पनि मान्न सकिन्छ ।

कोरोना भाइर विरुद्धका पूर्ण मात्रा लागएका व्यतिmमा समेत संक्रमण भेटिएको तथ्य बाहिर आईरहदा खोप लगाएका व्यक्ति सबै सुरक्षित हुनछन् भनेर किटान गर्न कठिन छ । तर खोप लगाएकाको तुलनामा खोप नलगाउनेमा संक्रमणले पार्ने जटिलता भने पक्कै पनि फरक पछै नै । यसो भनिरहदा, खोप नै कोरोना भाइरसबाट बच्ने उपाय हो र खोप लगाएको छु भनेर स्वास्थ्य मापदण्डमा हेलचक्राई गर्ने अवस्था अहिले छैन ।

नेपालमा अहिले खोप लगाउनेको तुलनामा नलगाउनेको संख्या धेरै छ । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप दिने लक्ष लिए पनि हाल सम्म पहिलो मात्रा लगाउनेको संख्या ४५ लाख ९३ हजार ५ सय २६ तथा पूणै मात्रा लगाउनेको संख्या २९ लाख २२ हजार २ सय ४० मात्र छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...