YouTube Link

सामाजिक सुरक्षा कोष बिरुद्द बैंकका कर्मचारीहरु सडकमा उत्रिए

Facebook Link

काठमाडौं:  सामाजिक सुरक्षा कोष बिरुद्द देशब्यापी रुपमा बैंकका कर्मचारीहरु आजदेखि सडकमा उत्रिएका छन् । बैंकका कर्मचारीहरुले अगाडी सारेको १५ बुंदे मागलाई बेवास्ता गर्दै पेलेर अगाडी बढेकाले सामाजिक सुरक्षा बिरुद्द आजदेखि सडकमा उत्रिएका हुन् ।

 

आफु कार्यरत कार्यलयको अगाडी निधारमा कालोपट्टि बाँधेर तथा बिरोधको कारण लेखिएका ब्यानर देखाएर हिजोसम्म आन्दोलन गरिरहेका बैंकका कर्मचारीहरुले आजदेखि आफ्नो केन्द्रिय कार्यलयदेखि दरबार मार्गसम्म सडक र्याली गरेर सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनको स्वरूप बदले र सडकमा नै उत्रिएका हुन् ।

 

आजदेखि सुरु भएको फरक शैलीको आन्दोलनमा यस अगाडी सहभागी भएका सबै बैंकहरु सहभागी भएका छन् । माछापुछ्रे बैंक, सिद्दार्थ बैंक, कुमारी बैक, बैंक अफ काठमान्डु लगायतका बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबारमार्गसम्म सडक र्याली गरेका छन् । बैंकका कर्मचारीहरुले दरबारमार्ग र न्युरोडमा संयुक्त आन्दोलन समेत गरेका छन्।

 

बैंक, बित्त, बीमा तथा सहकारीका कर्मचारीहरुले बिभिन्न १५ बुंदे माग राखेर सामाजिक सुरक्षा कोष बिरुद्द आन्दोलन सुरु गरेका हुन्। आफुहरुको माग सम्बोधन गर्नुको साट्टो उल्टै पेलेर जाने रणनीति अख्तियार गरेकाले कोष बिरुद्द आफुहरु आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुले जनाएका छन् ।

 

बैंकका कर्मचारीहरुले आफुहरुले खाईपाई आएको सेवा सुविधाको कटौती नहुने कुराको ग्यारेन्टी ऐन मार्फत नै हुनुपर्ने, संचय कोष बापतको पैसा एकमुष्ट फिर्ता पाउनुपर्ने, आफुले जम्मा गरेको पैसा फिर्ता पाउनलाई अहिले बिध्यमान व्यवस्था संसोधन हुनुपर्ने, पेन्सन, उपचार तथा बीमाको व्यवस्थालाई संसोधन गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

 

आफुहरुको माग सम्बोधन गर्नुको साट्टो झनै पेलेर जाने संदेश दिंदै सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्त भित्र अनिवार्य रुपमा कोषमा दर्ता हुनलाई निर्देशन दिएपछि बैंकका कर्मचारीहरुले अदालत गुहारेका हुन्।

 

सामाजिक सुरक्षा कोष बिरुद्द अदालतमा दायर रिट उपर अदालतले अन्तरिम आदेशको साट्टो दुवै पक्षलाई बहसका लागि बोलाएपछि बैंकका कर्मचारीहरुको आन्दोलन चर्किएको हो। बैंकका कर्मचारीहरुले कार्यालय खुल्नु अगाडी बिहान ९ बजेर ३० मिनेट देखि ९ बजेर ४५ मिनेटसम्म निधारमा कालो पट्टि बाँधेर आन्दोलन गरेका हुन्।

 

यो पनी पढ्नुहोस् :

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सम्झौता

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...