Health Ad
YouTube Link

सुरु भयो एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डले जनाएको छ । यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

 

यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । १०० पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।

 

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

बोर्डका अनुसार एसइई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुने गरिएको छ । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइएको छ । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै १५० विद्यार्थी बराबर एक जनाका दरले ४ हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...