लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

वि.सं.२०८० असोज १४ आइतवार १६:१२

काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ । आइतबार बसेको संसद बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन् ।
उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृति दिएको थियो । विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए । सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने बताएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए । विधेयकमा तमाम त्रुटि रहेको भन्दै सच्याउनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलित बनेका थिए ।
केही दिनअघि मात्रै सरकार र नेपाल शिक्षक महासङ्घबीच ६ बुँदे र राहत शिक्षकबीच पाँच बुदे सहमति भएको छ ।

वि.सं.२०८० असोज १४ आइतवार १६:१२