Rajshow Bivag

एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन हुँदै

Departmant of helth services

 

काठमाडौं: कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष पहिलेझैं सञ्चालन हुने भएको छ ।

 

यसपालिको एसईई यही वैशाख ९ गते सामान्य अवस्थामा जस्तै गरी सुरु गर्न लागिएको हो ।

 

बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जनाएको छ ।

 

परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

 

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए ।

 

ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन्। शैक्षिक सत्र २०७६  र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

 

‘गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन’, रायमाझीले भने, ‘प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:०३

  काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:३९

  काठमाडौं: नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम...

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:१७

    मेष - Aries चु, चे, चो, ला, लि,...