निवर्तमान उप-सभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ
वि.सं.२०७६ फागुन ५ सोमवार ११:२५
1.1K
shares
काठमाडौं: निवर्तमान उप-सभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भएपनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।
वि.सं.२०७६ फागुन ५ सोमवार ११:२५




















