YouTube Link

प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा निर्विरोध निर्वाचित, गोपनीयताको सपथ आज

World Cup 2026
Facebook Link

काठमाडौं: संघीय संसद प्रतिनिधिसभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । संसदको बैठकले सापकोटालाई सभामुख पदमा निर्विरोध चयन गरेको हो । नेकपा ससंदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङको प्रस्ताव र नेकपा प्रमुख सचेतक देव गुरुङ, नेकपा सांसद ओनसरी घर्ती तथा राजपा सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटा निर्विरोध सभामुख बनेका हुन् ।

नवनिर्वाचित सभामुख सापकोटाले आफूले संसदमा रहेका सबै दललाई मिलाएर लैजाने प्रतिक्रिया दिएका छन् । ‘मैले यो पक्ष त्यो पक्ष वा यो दल त्यो दल भनेर अघि बढ्ने छैन’ नवनिर्वाचित सभामुख सापकोटाले भने,‘सबैलाई मिलाएर अघि बढ्ने छु ।’ संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ उनलाई सभामुखका रुपमा प्रस्ताव गरेको नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका थिए ।

संसदमा आफ्ना धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेता मिनेन्द्र रिजालले सापकोटाको नाम नलिई आम नागरिकले शंकाको कुरा गरेको भन्दै त्यसलाई शान्त पार्न उनले सक्छन् कि सक्दैनन् भन्ने भोलिका दिनमा व्यवहारल देखाउने बताएका थिए । नवनिर्वाचित सभामुख सापकोटाको पद तथा गोपनीयताको सपथ सोमबार गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...