YouTube Link

हेलिकोप्टर दुर्घटनामा बास्केटबलका महान् खेलाडी ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको मृत्यु

Facebook Link

एजेन्सीः क्यालिफोर्नियाको कालाबासासमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटना अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको मृत्यु भएको छ । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ । पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।

लस एन्जलिस लेकर्सबाट २० वर्ष बास्केटबल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए । सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । ब्रयान्ट र उनकी पत्नी भेनेसाका अन्य तीन छोरी नटालिया, बियान्का र क्याप्री रहेका छन् ।

यतिबेला ब्रायन्टको श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा, उसेन बोल्ट, र्यापर कान्ये वेस्टलगायतले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...