Health Ad
YouTube Link

काठमाडौंमा आन्दोलनरत शिक्षकसँग सरकारले आज वार्ता गर्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: संघीय राजधानीमा आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ । शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो ।

 

छलफलका लागि मन्त्रालयले बोलाएपनि समय यकिन नभएको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् । मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन् । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए ।

 

‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स गरेन भन्ने भाष्य निर्माण भयो, कुनै एउटा मार्गचित्र नबनाइ वार्ताका लागि मात्रै वार्ता गर्न हामी जाँदैनौं’,अध्यक्ष सुवेदीले भने, ‘मन्त्रालयमा आफ्ना कुरा राखेर हामी फर्किन्छौं ।’ महासंघकी सहअध्यक्ष पराजुलीको नेतृत्वमा केही प्रतिनिधिहरु मन्त्रालय जाने सुवेदीले बताए ।

 

शिक्षा मन्त्री विद्या भट्टराई, सचिव डा दीपक काफ्लेसहितको टिमले शिक्षक प्रतिनिधिहरुसँग छलफल गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । सधैं आन्दोलनबाट निकास ननिस्कने भन्दै उनले उपयुक्त विकल्प खोजीका लागि मन्त्रालयले छलफल गर्न लागेको उनको भनाइ छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आज पनि माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन जारी रहने महासंघका अध्यक्ष सुवेदीले बताए ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...