सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी
वि.सं.२०८१ पुस २४ बुधवार ०९:०२
1.5K
shares
काठमाडौं: सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ ।
हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो । लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन व्यवसायीको बहस पनि हिजै शुरु भएको थियो । खनालका तर्फबाट भने हिजो उज्ववल सापकोटा र वरिष्ठ अधिवक्ता विरेन्द्र केसीले बहस गरे । खनाल पक्षबाट आज एक जनाले बहस गर्ने श्रेस्तेदार खनालले बताए । आज सबै प्रतिवादीका तर्फबाट बहश सकिएको खण्डमा भोलिदेखि सरकारी वकिललाई जवाफी बहस गराउने अदालतको तयारी छ । जवाफी बहस सकिएपछि अदालतले प्रतिवादीहरु सबै वा केहीलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।
वि.सं.२०८१ पुस २४ बुधवार ०९:०२



















