YouTube Link

हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ, केही गर्नका लागि जिम्मेवारीमा आएको हौँ: प्रधानमन्त्री ओली

Facebook Link

‍काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी गर्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना-साना उद्योगहरूमा लगानी गरेर पुँजी बढाउनुपर्ने बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए ।

 

उनले भने, ‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन । हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।’

 

उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरदसिंह भण्डारीलगायत सहभागी थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...