YouTube Link

कांग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बन्दै ओली

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए । दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । योसँगै ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् । यसअघि अध्यक्ष ओली २०७२ र २०७४ सालमा गरी दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।

 

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

 

राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भए लगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । प्रधानमन्त्रीको शपथ भने सोमबारका लागि तय भएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...