क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वे तेस्रो स्थान
वि.सं.२०८१ असार ३० आइतवार ०९:२३
690
shares
एजेन्सी: क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले कोपा अमेरिका २०२४ को तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो ।
उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग रोकिँदा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएको थियो । उरुग्वेका लागि शनिबारको खेलमा रोड्रीगो बेन्टान्कुरले अग्रता दिलाएका थिए । उनले ८औं मिनेटमा गोल गरे । २२ औं मिनेटमा क्यानडाका इस्माएल कोनेले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ८०औं मिनेटमा जोनाथन डेविडको गोलबाट क्यानडाले अग्रता लियो । खेलको अतिरिक्त समयमा लुइस सुआरेजले गोल गर्दै क्यानडालाई सतब्ध पारे ।
त्यसपछि टाइब्रेकरमा क्यानडाको तेस्रो प्रहारमा कोने चुके । उनको प्रहर सर्जियो रोसेले बचाए । उरुग्वेका लागि फेडे भाल भर्डे, रोड्रीगो बेन्टान्कुर, जर्जियन डे आरासेटा र लुइस सुआरेजले गोल गरे । क्यानडाका जोनाथन डेविड, मोइस बम्बिटोले गोल गर्दा कोने चुकेका थिए । चौथो प्रहरमा म्याथ्यु चोइनेरले गोल गरेपनि पाँचौ प्रहारमा अल्फोन्सो डेभिस चुक्दा टोली हार बेहोर्न पुग्यो ।
वि.सं.२०८१ असार ३० आइतवार ०९:२३