YouTube Link

उपाधिका लागि फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दै

World Cup 2026
Facebook Link

 

एजेन्सी: युरोकप २०२४ को उपाधिका लागि आज मध्यराती फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समय अनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

 

स्पेन प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा र ड्यानी ओल्मोको समन्वय मिलेको छ । मिडफिल्डमा रोड्रीले उच्च प्रदर्शन गरिरहेका छन् ।

 

यता इंग्ल्यान्डले भने मिश्रित प्रदर्शन गरिरहेको छ । तर नतिजा आफ्नो पक्षमा पार्दै टोली फाइनलको यात्रा तय गर्न सफल भएको हो । सेमिफाइनलमा ओली वाटकिन्सले इन्ज्युरी समयमा गोल गर्दै टोलीको उपाधि भिडन्तमा स्थान पक्का गरेका थिए ।

 

युरोकपको दोस्रो संस्करण सन् १९६४ मा पहिलो उपाधि जितेको स्पेनले २००८ र २०१२ मा लगातार २ उपाधि जितेको जितेको थियो ।  निको विलियम्स, लामिन यमाल जस्ता उदीयमान र ड्यानि ओलमो, रोड्रि, फाबियान रुइज लगायतका अनुभवी खेलाडीको साथ पाएको स्पेनले जारी संस्करण शनशनीपूर्ण प्रदर्शन गरिरहेको छ ।

 

अन्तर्राष्ट्रिय फुटबलमा सँधै दाबेदार मानिए पनि उपाधिको आधारमा भने इङ्ल्याण्ड खासै सफल टोली होइन । सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेयता इङ्लिस टोलीले कुनैपनि ठूला उपाधि जित्न सकेको छैन ।

 

​जारी संस्करण टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ । विश्वस्तरीय खेलाडीहरु ह्यारी केन, जुड वेलिङ्घम, बुकायो शाका, फिल फोडेन लगायतको साथ पाएको इङ्ल्याण्ड इतिहास रच्ने दाउमा छ । यस पटक ६ खेलाडीले समान ३–३ गोल गर्दा इङ्ल्याण्डका कप्तान केन र स्पेनका ओलमो सर्वाधिक गोलकर्ताको दौडमा कायम छन् ।

 

स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ खेल हुँदा स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी भएका छन् । पछिल्लो पटक यी दुईबीच २०१८ मा नेशन्स लिगमा भएको भेटमा इङ्ल्याण्ड विजयी भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...