YouTube Link

उपाधिका लागि फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सी: युरोकप २०२४ को उपाधिका लागि आज मध्यराती फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समय अनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

 

स्पेन प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा र ड्यानी ओल्मोको समन्वय मिलेको छ । मिडफिल्डमा रोड्रीले उच्च प्रदर्शन गरिरहेका छन् ।

 

यता इंग्ल्यान्डले भने मिश्रित प्रदर्शन गरिरहेको छ । तर नतिजा आफ्नो पक्षमा पार्दै टोली फाइनलको यात्रा तय गर्न सफल भएको हो । सेमिफाइनलमा ओली वाटकिन्सले इन्ज्युरी समयमा गोल गर्दै टोलीको उपाधि भिडन्तमा स्थान पक्का गरेका थिए ।

 

युरोकपको दोस्रो संस्करण सन् १९६४ मा पहिलो उपाधि जितेको स्पेनले २००८ र २०१२ मा लगातार २ उपाधि जितेको जितेको थियो ।  निको विलियम्स, लामिन यमाल जस्ता उदीयमान र ड्यानि ओलमो, रोड्रि, फाबियान रुइज लगायतका अनुभवी खेलाडीको साथ पाएको स्पेनले जारी संस्करण शनशनीपूर्ण प्रदर्शन गरिरहेको छ ।

 

अन्तर्राष्ट्रिय फुटबलमा सँधै दाबेदार मानिए पनि उपाधिको आधारमा भने इङ्ल्याण्ड खासै सफल टोली होइन । सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेयता इङ्लिस टोलीले कुनैपनि ठूला उपाधि जित्न सकेको छैन ।

 

​जारी संस्करण टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ । विश्वस्तरीय खेलाडीहरु ह्यारी केन, जुड वेलिङ्घम, बुकायो शाका, फिल फोडेन लगायतको साथ पाएको इङ्ल्याण्ड इतिहास रच्ने दाउमा छ । यस पटक ६ खेलाडीले समान ३–३ गोल गर्दा इङ्ल्याण्डका कप्तान केन र स्पेनका ओलमो सर्वाधिक गोलकर्ताको दौडमा कायम छन् ।

 

स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ खेल हुँदा स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी भएका छन् । पछिल्लो पटक यी दुईबीच २०१८ मा नेशन्स लिगमा भएको भेटमा इङ्ल्याण्ड विजयी भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...