रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न
वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८
1.8K
shares
काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । समाजले वरिष्ठ पत्रकार उमेश श्रेष्ठ ‘सालोक्य’को प्रशिक्षणमा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न गरेको हो ।
विज्ञान र प्रविधिको द्रुत विकाससँगै सञ्चार माध्यममा बढदो सामाजिक सञ्जाल सहितका विभन्न माध्यमबाट आम जनमानसमा भ्रामक सूचनाले समाजलाई कसरी भ्रम पैदा गराउँछ र यसको जटिल समस्या के हुन सक्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए । कार्यक्रममा गृह मन्त्रालयका उपसचिव अमरदीप सुनुवार र समाजका सल्लाहकार एवं पत्रकार ज्ञानप्रसाद पौडेलको आतिथ्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गरिएको थियो ।
















वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८



















