समाजवादी मोर्चाको संयोजक बने नेत्रविक्रम चन्द
वि.सं.२०८० फागुन ६ आइतवार ११:१२
1.4K
shares
काठमाडौं: समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बनेका छन् । यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए ।
आज बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए । गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणाली अनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो । आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ । अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरूङले बताए ।
वि.सं.२०८० फागुन ६ आइतवार ११:१२


















