YouTube Link

मेची पुलमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ अभियान सुरु

Facebook Link

 

काठमाडौं: झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गरेका हुन् ।

 

स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किएका महामन्त्री गगन थापाले भने, ‘हाम्रो यो अभियान जनताको निराशाबाट फाइदा र लाभ लिनलाई होइन, हाम्रो अभियानले जनताको निराशालाई चिर्नु छ, नेपाली समाजलाई त्यसबाट बाहिर ल्याउनु छ ।’ अभियानका क्रममा देखिएका जनताका समस्यालाई स्थानीय तहदेखि प्रदेश र संघसम्म पुर्‍याएर समाधान गरिने बाटो लाग्ने उनको भनाइ छ ।

 

महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामीले गरेका कमजोरीका कारण जनतामा पक्कै पनि असन्तुष्टि छ, जनतामा किन वितृष्णा र गुनासो छ, जनतालाई कहाँ दुखिरहेको छ, त्यसलाई प्रत्यक्ष संवादबाट चिर्नलाई पनि यो अभियानको थालनी गरेका हौँ ।’ देशमा शान्ति स्थापना गर्नु छैन । संविधान बनाउनु छैन । लोकतन्त्र स्थापित गर्नु छैन

 

त्यसैगरी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको रगत बगेको भूमिबाट यो अभियानको सुरुवात जिकिर गरे । हामीले राष्ट्र र जनताको हितमा काम गर्नुछ । ‘हामी हाम्रा लागि होइन, पार्टीका लागि होइन जनताका लागि हो,’ उनले भने, ‘हाम्रो सम्पूर्ण क्षमता र समर्पण जनताको लागि हो, यस अभियानबाट जनताको गाँस, बाँस र कपासको अवस्था कस्तो छ, कहाँ गल्ती र त्रुटि भयो त्यसलाई सच्याएर अघि बढ्नु छ ।’

 

संवाद यात्राका लागि झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...