YouTube Link

मेची पुलमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ अभियान सुरु

Facebook Link

 

काठमाडौं: झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गरेका हुन् ।

 

स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किएका महामन्त्री गगन थापाले भने, ‘हाम्रो यो अभियान जनताको निराशाबाट फाइदा र लाभ लिनलाई होइन, हाम्रो अभियानले जनताको निराशालाई चिर्नु छ, नेपाली समाजलाई त्यसबाट बाहिर ल्याउनु छ ।’ अभियानका क्रममा देखिएका जनताका समस्यालाई स्थानीय तहदेखि प्रदेश र संघसम्म पुर्‍याएर समाधान गरिने बाटो लाग्ने उनको भनाइ छ ।

 

महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामीले गरेका कमजोरीका कारण जनतामा पक्कै पनि असन्तुष्टि छ, जनतामा किन वितृष्णा र गुनासो छ, जनतालाई कहाँ दुखिरहेको छ, त्यसलाई प्रत्यक्ष संवादबाट चिर्नलाई पनि यो अभियानको थालनी गरेका हौँ ।’ देशमा शान्ति स्थापना गर्नु छैन । संविधान बनाउनु छैन । लोकतन्त्र स्थापित गर्नु छैन

 

त्यसैगरी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको रगत बगेको भूमिबाट यो अभियानको सुरुवात जिकिर गरे । हामीले राष्ट्र र जनताको हितमा काम गर्नुछ । ‘हामी हाम्रा लागि होइन, पार्टीका लागि होइन जनताका लागि हो,’ उनले भने, ‘हाम्रो सम्पूर्ण क्षमता र समर्पण जनताको लागि हो, यस अभियानबाट जनताको गाँस, बाँस र कपासको अवस्था कस्तो छ, कहाँ गल्ती र त्रुटि भयो त्यसलाई सच्याएर अघि बढ्नु छ ।’

 

संवाद यात्राका लागि झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...