YouTube Link

जनवरी २० देखि ईपीएस परीक्षा गराउन कोरिया तयार

Facebook Link

 

काठमाडौं: रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो ।

 

जसका कारण आन्दोलन हुँदा २ जनाको मृत्यु समेत भएको थियो । यो विषयमा उच्च अदालतले २ पटक आदेश दिँदै निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई समेत उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । तर, यो विषयमा कोरियाले भने कुनै निर्णय गर्न सकेको थिएन ।

 

एचआरडी कोरियाका अधिकारीहरुसँगको छलफलपछि सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग महानिर्देशक घिमिरेको छलफल भएको थियो । छलफलको क्रममा सबैलाई भाषा परीक्षामा सहभागी गराउन तयार हुनुका साथै जनवरी २० देखि परीक्षा सञ्चालन गर्ने समेत जानकारी दिएको महानिर्देशक घिमिरेले बताए ।

 

सबै परीक्षार्थीहरुलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । पहिलो लटमा आउँदो जनवरी २० तारिखबाट हुनेछ । जसमा ४७ हजार जनाको परीक्षा लिइनेछ । त्यस्तै दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने उनको भनाई छ । पहिलो लटको परीक्षा सकिएपछि दोस्रो र तेस्रो लटको परीक्षा हुनेछ ।

 

उत्पादनमूलक क्षेत्रका लागि एक लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...