YouTube Link

बाराको गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु

Nepali Sena Suvakamana Dashain
Facebook Link

बारा: बाराको गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ । प्रचार बिना नै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो मेला मानिन्छ ।

पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाइमा भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने गर्छन् । मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि गढीमाइका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ । यस पटक एक करोड दर्शनार्थी गढिमाई पुग्ने गढीमाई मुल व्यवस्थापन समितिले जनाएको छ ।

पुजारीहरुको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरी भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुरा भाले, सुगुंर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने छ । रातको २ बजे देखि पूजा प्रारम्भ गरी दियो प्रज्वलित भएपछि लगतै हाँसको ५ वटा अण्डा बली दिइ अण्डामै त्रिशूल गाडिने छ अनि ५ बटा रागां मन्दिरकै मौलामा बली गरेपछि भाकल गरी ल्याएका श्रद्धालुहरुको पशु बली खुल्ला हुने प्रचलन छ । पन्ध्र सय सुरक्षाकर्मी, राष्टिय राजमार्गबाट ६ बटा बाटो, सिमा नाकामा व्यापक चेकजाँच गस्ती, दमकल, एम्बुलेन्स, ५ सय स्वयंसेवक, ६ सय शौचालय, विद्युत, पानी, सयौ निःशुल्क पंडालहरु समितिले व्यवस्थापन गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...