एनएफपिजे र सम्यक डाइग्नोष्टिकबीच इन हाउस टेस्ट छुट सम्बन्धि सम्झौता

वि.सं.२०८० कात्तिक २३ बिहीवार ०८:०८

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र सम्यक डाइग्नोष्टिक प्रा.लि. बीच सम्झौता भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्यहरूलाई सबै इन हाउस टेस्टहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।
बुधबार सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतम र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)का वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनफपिजेका सदस्य र परिवारका सदस्यहरू (बुवा, आमा, पति/पत्नी, बच्चाहरू) को प्याथोलोजी र बायोकेमिस्ट्री परीक्षणहरूमा संस्थामा उपलब्ध सबै इन हाउस टेस्टहरूमा ३० प्रतिशतसम्म सहुलियत पाउने उल्लेख गरिएको छ ।
सम्झौता कार्यक्रममा सम्यक डाइग्नोष्टिकको तर्फबाट अध्यक्ष डा. केयूर गौतम, डा. देभिश प्याकुरेल र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)को तर्फबाट वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठ, कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ लगायत सदस्यहरू उपस्थिति रहेको थियो ।
एनएफपीजे २०५३ सालमा स्थापना भई देशभरका क्रियाशील फोटो पत्रकारहरुको छाता सङ्गठनको रुपमा कार्य गर्दै आइरहेको संस्था हो । संस्थाले मुख्यतया फोटो पत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ । सम्यक डाइग्नोष्टिक नेपालकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । नेपालमा प्रयोगशाला सम्बन्धी नवीन प्रविधी भित्र्याउन पनि सम्यकले भूमिका खेल्दै आएको छ ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार ०८:०८