YouTube Link

च्याम्पियन्स लिग: रियल म्याड्रिड, कोपनहेगन र बायर्न म्युनिख विजयी

Facebook Link

 

एजेन्सी: युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिड, एफसी कोपनहेगन र बायर्न म्युनिखले जित हासिल गरेको छन् ।

 

रियलले पोर्चुगिज क्लब ब्रागा विरुद्ध ३-० को सहज जित निकालेको हो । रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका हुन् । खेलमा अग्रता लिने सुरुवाती अवसर भने ब्रागाले पाएको थियो । लुकास भास्केजले बोर्जा माथि बक्स भित्र फाउल गरेपछि ब्रागाले पेनाल्टी पाएको थियो । तर अल्भारो जालोको पेनाल्टी रियलका गोलरक्षक लुनिनले बचाएद।

 

रियलले अग्रता भने २७औं मिनेटमा डियाजको गोलबाट लिएको थियो । भिनिसियसले ५८औं मिनेटमा भास्केजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । यस्तै ६१औं मिनेटमा भिनिसियसको पासमा रोड्रीगोले गोल गर्दै खेलमा रियलको जित सुनिश्चित गरे ।

 

 

यस्तै सोही समूहमा गएराति नै नापुली र युनियन बर्लिन १-१ को बराबरी खेलेका छन् । यस समूहबाट रियल ४ खेलमा १२ अंक जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलिको ४ खेलमा ७ अंक छ । तेस्रो स्थानमा रहेको ब्रागाको ३ अंक रहँदा बर्लिनको १ अंक मात्र छ ।

 

यसैगरी लिग अन्तर्गत समूह ए को खेलमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । १० जनामा सिमित म्यानचेस्टर युनाइटेडले रोमाञ्चक खेलमा एफसी कोपनहेगन विरुद्ध ४-३ को हार बेहोरेको हो । युनाइटेडले खेलको तेस्रो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । स्कट मक्टोमिनेको पासमा रास्मस होइलन्डले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

 

खेलको २८औं मिनेटमा होइलन्डले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । अलेहान्द्रो गार्नाचोको प्रहार कोपनहेगन गोलरक्षक ग्राबाराले बचाएपछि रिबाउन्डमा सहजै गोल गर्दै होइलन्डले अग्रता दोब्बर बनाए ।

 

 

तर त्यसपछि खेलमा युनाइटेडले लय गुमायो । ४२औं मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सिमित भयो । पहिलो हाफमा तीन मिनेट र थपिएको समय मात्र बाँकी रहेको स्थितिमा युनाइटेडले हाफ टाइम अगावै दुई गोल खान पुग्यो ।

 

खेलको ४५औं मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसले दिएको पासमा मोहम्मद एल्युनुसीले गोल गर्दै युनाइटेडले अग्रता एक गोलमा झारेका थिए । पहिलो हाफमा १३ मिनेट थपिएको अवस्थामा कोपनहेगनले नवौं मिनेटमा पेनाल्टीमा बराबरी गर्ने अवसर पायो ।

 

दोस्रो हाफमा युनाइटेडले पुनः अग्रता लिने सुनौलो अवसर पायो । ६८औं मिनेटमा कोपनहेगनका लेरागरले बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८३औं मिनेटमा पेनाल्टी दिएका लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याए । ८७औं मिनेटमा कोपनहेगनले खेलमा पहिलो पटक अग्रता लियो । रुनी बार्डघजिले रोमाञ्चक खेलमा आफ्नो टोलीलाई जित दिलाए ।

 

यस्तै सोही समूहमा रहेको बायर्न म्युनिखले गालाटासाराय विरुद्ध २-० को जित हासिल गरेको छ । बायर्नको जितमा ह्यारी केनले नै दुई गोल गरेका थिए । केनले खेलको ८०औं र ८७औं मिनेटमा गोल गर्दै बायर्नलाई जित दिलाएका हुन् । बायर्न दुई खेल अगावै अर्को चरणमा प्रवेश समेत गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...