Rajshow Bivag

च्याम्पियन्स लिग: रियल म्याड्रिड, कोपनहेगन र बायर्न म्युनिख विजयी

Departmant of helth services

 

एजेन्सी: युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिड, एफसी कोपनहेगन र बायर्न म्युनिखले जित हासिल गरेको छन् ।

 

रियलले पोर्चुगिज क्लब ब्रागा विरुद्ध ३-० को सहज जित निकालेको हो । रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका हुन् । खेलमा अग्रता लिने सुरुवाती अवसर भने ब्रागाले पाएको थियो । लुकास भास्केजले बोर्जा माथि बक्स भित्र फाउल गरेपछि ब्रागाले पेनाल्टी पाएको थियो । तर अल्भारो जालोको पेनाल्टी रियलका गोलरक्षक लुनिनले बचाएद।

 

रियलले अग्रता भने २७औं मिनेटमा डियाजको गोलबाट लिएको थियो । भिनिसियसले ५८औं मिनेटमा भास्केजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । यस्तै ६१औं मिनेटमा भिनिसियसको पासमा रोड्रीगोले गोल गर्दै खेलमा रियलको जित सुनिश्चित गरे ।

 

 

यस्तै सोही समूहमा गएराति नै नापुली र युनियन बर्लिन १-१ को बराबरी खेलेका छन् । यस समूहबाट रियल ४ खेलमा १२ अंक जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलिको ४ खेलमा ७ अंक छ । तेस्रो स्थानमा रहेको ब्रागाको ३ अंक रहँदा बर्लिनको १ अंक मात्र छ ।

 

यसैगरी लिग अन्तर्गत समूह ए को खेलमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । १० जनामा सिमित म्यानचेस्टर युनाइटेडले रोमाञ्चक खेलमा एफसी कोपनहेगन विरुद्ध ४-३ को हार बेहोरेको हो । युनाइटेडले खेलको तेस्रो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । स्कट मक्टोमिनेको पासमा रास्मस होइलन्डले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

 

खेलको २८औं मिनेटमा होइलन्डले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । अलेहान्द्रो गार्नाचोको प्रहार कोपनहेगन गोलरक्षक ग्राबाराले बचाएपछि रिबाउन्डमा सहजै गोल गर्दै होइलन्डले अग्रता दोब्बर बनाए ।

 

 

तर त्यसपछि खेलमा युनाइटेडले लय गुमायो । ४२औं मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सिमित भयो । पहिलो हाफमा तीन मिनेट र थपिएको समय मात्र बाँकी रहेको स्थितिमा युनाइटेडले हाफ टाइम अगावै दुई गोल खान पुग्यो ।

 

खेलको ४५औं मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसले दिएको पासमा मोहम्मद एल्युनुसीले गोल गर्दै युनाइटेडले अग्रता एक गोलमा झारेका थिए । पहिलो हाफमा १३ मिनेट थपिएको अवस्थामा कोपनहेगनले नवौं मिनेटमा पेनाल्टीमा बराबरी गर्ने अवसर पायो ।

 

दोस्रो हाफमा युनाइटेडले पुनः अग्रता लिने सुनौलो अवसर पायो । ६८औं मिनेटमा कोपनहेगनका लेरागरले बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८३औं मिनेटमा पेनाल्टी दिएका लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याए । ८७औं मिनेटमा कोपनहेगनले खेलमा पहिलो पटक अग्रता लियो । रुनी बार्डघजिले रोमाञ्चक खेलमा आफ्नो टोलीलाई जित दिलाए ।

 

यस्तै सोही समूहमा रहेको बायर्न म्युनिखले गालाटासाराय विरुद्ध २-० को जित हासिल गरेको छ । बायर्नको जितमा ह्यारी केनले नै दुई गोल गरेका थिए । केनले खेलको ८०औं र ८७औं मिनेटमा गोल गर्दै बायर्नलाई जित दिलाएका हुन् । बायर्न दुई खेल अगावै अर्को चरणमा प्रवेश समेत गरेको छ ।

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...