YouTube Link

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुने भएको हो । महोत्सव आज र भोलि दुई हुने प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६ मूल समारोह समितिले जानकारी दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउदै मुलखर्क भिमसेनस्थान धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वबारे प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । भुम्लुमा रहेको जातिय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बीचमा पनि मुलखर्क भिमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्र रहि आएको छ । दशैं, हरिबोधिनी एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने यस क्षेत्रको उचित प्रवर्द्धन र विकास गर्न सके धार्मिक पर्यटन एवं अन्य आन्तिरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको समारोहका संयोजक समितिले जनाएको छ ।

हरियाली सुन्दरताका सथा भौगोलिक रुपमा उचाई भुभागमा अवस्थित रमणीय भिमसेनस्थान क्षेत्रबाट सूर्योदय, सूर्यास्तको सुन्दर दृष्य सति गणेश, जुगल, गौरीशंकार आदि हिमक्षेत्र, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भुभागहरुको नजिक रुपमा दुष्यावलोकन गर्न सकिन्छ । भिमसेनस्थान क्षेत्रमा व्यवस्थित रुपमा पर्यटकीय पुर्वाधारको विकास गरी आम रुपमा प्रचार प्रसार गर्न सकिएमा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेछ ।

भुम्लुका स्थानीय संघ, संस्था, बुद्धिजीवि, समाजसेवी एवं प्रबुद्ध नागरिकहरुको प्रयासमा स्थानीय सरकार (भुम्लु गाउँपालिका) को सहयोग, सरसल्लाह, परामर्श एवं स्वीकृतिमा भिमसेनस्थान प्रांगनमा प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६ को आयोजना गरेको महोत्सवका संयोजक अनिल कुमार बुढाथोकीले बताए ।

महोत्सवको उद्घाटन प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री दावादोर्जे लामाले गर्ने छन भने समापन कार्यक्रममा प्रदेश ३ का सांसद लक्ष्मण लम्सालले गर्नेछन । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संगीतिक प्रस्तुति हुनेछ भने स्थानीय उत्पादनहरुको स्टल, एवं खाद्य पदार्थहरुको स्टल रहनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...