Texas College
YouTube Link

आज महानवमी पर्व: सिद्धिदात्रीको पूजा आराधना गरिदै

Facebook Link

 

काठमाडौं: आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् ।

 

चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ । यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ । अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारीले भने  कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन् ।

 

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

 

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...