YouTube Link

इजरायल घटनाको प्रधानमन्त्रीले तत्काल संवाद गर्नुपर्छ: एमाले

Facebook Link

 

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ ।

 

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन विताईरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

 

‘यतिबेला म सरकारलाई आग्रह गर्न चाहन्छु–नेपाली दाजुभाई दिदीबहिनीहरु आज विदेशमा विभिन्न काम र उद्देश्यले त्यहाँ हुनुहुन्छ । आज त्यहाँ यति ठूलो विपत्ति आइपरेको छ । वास्वतमा भन्ने हो भने एक मिनेट पनि उद्धारका निम्ति, उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन,’ गिरीले भने, ‘यो देशमा सरकार छ । मुलुकमा राज्य छ । ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय ।’

 

उनले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो ।

 

‘हिजो मात्रै दक्षिणी इजरायलमा हमासको जुन आक्रमण भयो । त्यो आक्रमणपछि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको कुरा विभिन्न सञ्चार माध्यामहरूमा आएको छ । र, त्यसमा हाम्रा नेपाली दाजभाई, दिदीबहिनीहरु पनि त्यो घटनामा परेको र केही गम्भिर घाइते भएको, केही अहिलेसम्म हराईरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफनो जीवन उद्दार गर्नका लागि अपिल गरेका विभिन्न कुराहरु बाहिर आएका छन,’ उनले भने ।

 

प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाईते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...