YouTube Link

आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई प्रधानमन्त्री दाहालको अपिल

Facebook Link

 

काठमाडौं: अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघको महासभालाई बिहीबार सम्बोधन गर्दै भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताएका छन् । उनले संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए ।

 

प्रधानमन्त्रीले हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेण्डा कार्यान्वयनका लागि स्रोतसाधन अभाव भएको तर्क गरे । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री दाहालले विश्व समुदायलाई अपिल पनि गरेका छन् ।

 

नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेण्डा रहेको समेत बताए । ‘वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रित रहेको छ’, उनले भने, ‘दिगो विकास लक्ष्यलाई विकासको भिजन र प्राथमिकताको केन्द्रमा राखेर काम गर्दै आएको छ ।’

 

कोभिड–१९ महामारी, जलवायु परिवर्तन र बढेको भू–राजनीतिक प्रतिस्पर्धा जस्ता संकटहरूले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको पनि उनले बताए । प्रधानमन्त्री दाहालले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवर्धन, प्रविधि हस्तान्तरणमा परिवर्तित स्तरको अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरे।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...