आजबाट बडदशैँ सुरु, घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदै
वि.सं.२०७६ असोज १२ आइतवार ०९:०२
2.2K
sharesकाठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आज घटस्थापना गर्दै सुरु भएको हो । बडादसैँको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने गरिन्छ ।
आजकै दिनबाट विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । हिन्दू धर्मावलम्बिले बिहानैदेखि बैदिक बिधि अनुसार नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ ।
नेपाली समाजमा यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ ।
वि.सं.२०७६ असोज १२ आइतवार ०९:०२