YouTube Link

कडा सुरक्षा र आक्रमणका घटनाबीच अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न

Facebook Link

एजेन्सी: अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभरि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मतदान केन्द्रहरूमा गरिएका बम र मोर्टार आक्रमणमा कम्तीमा एकजना मारिएका छन् भने २७ जना घाइते भएका छन् । कान्दहारस्थित एउटा मतदान केन्द्रमा बम विस्फोटको घटना भएपनि मतदान गर्न महिलाहरू लामबद्ध देखिएका थिए । नब्बे लाखभन्दा बढी मतदातामध्ये ३५ प्रतिशत महिला मतदाता रहेका छन् । स्वतन्त्र निर्वाचन आयोगले तीन हप्ताभित्र मतदानको नतिजा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समयदेखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि निर्वाचन भएको हो ।

अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन् । उनीहरू सन् २०१४ देखि सत्तामा छन् । चार दशक लामो युद्धको मारमा परेको मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले नेतृत्व गर्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...