YouTube Link

विमानस्थल भन्सारका कर्मचारीहरुको ठूलो समूह नै तानिँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: हङकङबाट आएको सय किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरुको ठूलो समूह तानिने भएको छ ।

 

तस्करीको सय किलो सुन पास गराउने काममा भन्सारका चार सिफ्टमा काम गर्ने करिब २० जना कर्मचारी प्रत्यक्ष संलग्न देखिएका भन्सार विभागले तयार गरेको आन्तरिक छानबिन प्रतिवेदन मस्यौदामा उल्लेख छ ।

 

गत साउन ४ गते विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय आन्तरिक छानबिन समितिले प्रतिवदेनको मस्यौदा तयार गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

 

विभागको मुख्य अध्ययन सुन त्यसरी छुट्नुमा मानवीय कमजोरी जिम्मेवार हो कि प्राविधिक त्रुटि भनेर छुट्याउनमा केन्द्रित छ । मानवीय त्रुटि देखिएमा त्यसमा संलग्नहरु मुछिने पक्का हुन्छ ।

 

तर विभागका महानिर्देशक पौडेलले कतिपय विषयमा मानवीय त्रुटि देखिएकै आधारमा सबैलाई तस्करीमा संलग्न भनेर मुछ्न नहुने बताए । ‘पास गर्ने क्रममा नजानेको हुन पनि सक्छ। त्यो विषय पनि हेर्नुपर्ने हुन्छ । तर अनुसन्धानको लागि भने भन्सार विभागले जुनसुकै हिसाबले पनि सहयोग गर्छ,’ उनले भने ।

 

साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार पास भैसकेको अवस्थामा सय किलो सुन समातेको थियो । सुन पास हुनुमा प्राविधिक नभई मानवीय कमजोरी नै जिम्मेवार देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

 

प्रतिवेदनमा भनिएको छ, ‘एक्सरे मेसिनको गल्ती छैन। सुन पास भएको छ। त्यसमा कर्मचारीहरुको जाँच नै कमजोर भएको छ ।’ रेडी ट्रेड प्रालिको प्रज्ञापन पत्रमा ल्याइएको मोटरसाइकलको ब्रेक सुमा सुन ल्याएको थियो ।

 

प्रतिवेदनमा भनिएको छ, ‘प्रज्ञापन पत्र एजेन्ट यादव पराजुलीको भन्सार एजेन्ट नम्बर ७८२ बाट भरिएको छ । आयातकर्ता रेडी ट्रेड प्रालि उल्लेख छ । निकासीकर्ता जैनमेन एन्टोङ ट्रान्सपोर्टेसन सर्भिस प्रालि हङकङ देखिएको छ ।’

 

जुलाई १३ मा चलान भएको उक्त सामान भन्सार गोदाममा असार ३० गते आएको देखिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘३६ काटन ब्रेक सु आयात भएकोमा असार १० गते ८ काटन जाँच पास भएको र बाँकी गोदममै थियो ।’ उक्त कम्पनीको समान पास गराउन भन्सारका करिब २० जना कर्मचारी संलग्न भएको देखिएको छ ।

 

‘उक्त कम्पनीको सामान पास गराउन ४ सिफ्टका फरकफरक कर्मचारी प्रयोग भएका छन् । जसमा हस्ताक्षर गर्ने नै १५ जना कर्मचारी छन्। थप ५ जना कर्मचारी संलग्न भएको हुनसक्छ,’ प्रतिवेदनमा उल्लेख छ । राजस्व अनुसन्धान विभागले प्रत्यक्ष संलग्न हुने सबै कर्मचारीहरु पहिलो घेरामा रहेको बताएको छ । जस अनुसार ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरिसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...