YouTube Link

पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन कांग्रेसको माग, गल्ती गर्नेले सार्वजनिक माफी माग्नुपर्ने

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन दर्ता गरेको छ । प्रस्तावित विधेयकका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन कांग्रेसले माग गरेको छ । संघीय संसदमा पेस हुनुअघि नै विवादित बनेको विधेयकमा कांग्रेसले दर्ता गराएको हो ।

कांग्रेसको संशोधनमा पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन वा प्रसारण गर्ने पत्रकारलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने विकल्प सुझाइएको हो । आचारसंहिता विपरीत कुनै समाचार प्रकाशन, प्रशारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनेर सम्बन्धित व्यक्तिले काउन्सिलमा उजुरी गरेमा र उक्त उजुरीमा भनिएको कुरा सही भएमा पत्रकारलाई २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान सरकारले पेश गरेको विधेयकमा छ ।

आमसञ्चार माध्यमले स्वनियमनको सिद्धान्त लागू गर्ने अवधारणा कांग्रेसले अघि सारेको छ । आमसञ्चार सञ्चालक संस्थाले प्रकाशन वा प्रशारणको स्वनियमन र स्वमूल्यांकनका लागि सम्बन्धित विज्ञहरू रहेको स्वनियमन समिति गठन गर्नुपर्ने संशोधनमा छ । मिडिया काउन्सिलको अध्यक्षका लागि सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता पुगेको व्यक्ति हुनुपर्ने प्रस्ताव गरेको छ ।

कांग्रेसको संशोधन प्रस्तावमा उल्लेख छ, ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको २५ वर्षभन्दा बढी अनुभव हाँसिल गरेर विशिष्ट योगदान पुर्‍याएका कम्तीमा ४५ वर्ष उमेर पुगेका ख्या तीप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष बनाउन सकिनेछ ।’ सरकारले भने अध्यक्षका लागि १० वर्ष पत्रकारिताको अनुभव भएको व्यक्तिलाई नियुक्त गर्न सकिने प्रस्ताव गरेको छ । अध्यक्षलाई सरकारले नियुक्त गर्ने प्रस्तावमा छ ।

काउन्सिल सदस्यमा सभामुखले तोके अनुसार प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व हुने गरी दुई सांसदलाई पनि राख्नुपर्ने कांग्रेसले प्रस्ताव गरेको छ । त्यसमा राष्ट्रियसभा अध्यक्षले तोकेका एक सांसद (राष्ट्रियसभा सदस्य) पनि हुनुपर्ने कांग्रेसले भनेको छ ।

काउन्सिलका सदस्यमा नेपाल पत्रकार महासंघका अध्यक्ष, विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकहरूमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एक जना सदस्य हुने प्रस्तावमा उल्लेख छ । यसैगरी, प्रत्येक प्रदेशबाट कम्तीमा २० वर्ष पत्रकारिताको अनुभवसहितका कम्तीमा ७ वर्ष सम्पादकीय जिम्मेवारी निर्वाह गरेका सम्पादक ७ जना पनि सदस्य हुने प्रस्तावमा भनिएको छ ।

यस्तै, नेपाल पत्रकार महासंघको महाधिवेशनमा काउन्सिलको सदस्यका लागि कम्तीमा २० वर्षको अनुभव भएको श्रमजिवी पत्रकारहरू मध्येबाट निर्वाचित कम्तीमा एक महिलासहित ३ जना सदस्य हुने र मानवअधिकार, लैङ्गिक समता, भाषा–साहित्य, व्यवस्थापन, प्रादेशिक तथा स्थानीय तह र अनुसन्धान जस्ता क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएको ख्याती प्राप्त व्यक्तिहरूमध्ये नेपाल सरकारबाट कम्तिमा दुई महिला सदस्यसहित ५ जना नियुक्त हुनुपर्ने कांग्रेसको संशोधनमा भनिएको छ ।

मिडिया काउन्सिलमा नियुक्त गर्ने समितिको संयोजक राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने संशोधनमा छ । समिति सदस्यमा प्रतिनिधिसभाको सञ्चार क्षेत्र हेर्ने समितिको सभापति र मन्त्रालयले मनोनयन गरेको कम्तीमा २० वर्ष अनुभव भएको ४५ वर्ष उमेर पूरा गरेको वरिष्ठ पत्रकार हुनुपर्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकमा कांग्रेसका तर्फबाट सांसदहरू सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले संशोधन दर्ता गराएका हुन् ।

विधेयकका विभिन्न प्रावधान विवादित बनेपछि सरोकारवालाले आन्दोलन गरेका थिए । संसद्‍मा प्रतिपक्षी दलले दर्तामा अवरोध सिर्जना गरेका थिए । संशोधनमा सच्याउने प्रतिबद्धतापछि बुधबार राष्ट्रियसभामा विधेयक पेश भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...