YouTube Link

नेउवा महासंघको नेतृत्वका लागि इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा महासंघको नेतृत्वका लागि इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

 

वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन् ।

 

संघाईको पक्षमा वर्तमान अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारका छन् । मारवाडी समुदायको भोट संघईको पक्षमा जाने देखिन्छ ।

 

उमेशलाल श्रेष्ठको पक्षमा पूर्वअध्यक्षहरू चन्डीराज ढकाल, विनोद श्रेष्ठ, सुरज वैज्ञ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार छन् । सातै प्रदेशका अध्यक्ष पनि उमेशकै पक्षमा देखिएका छन् । इन्द्रभक्त श्रेष्ठले पनि उमेशलाई समर्थन गर्ने बुझिएको छ । उनका आफन्त एक जना उमेशकै टिमबाट उम्मेदवार बनेका छन् ।

 

भावी अध्यक्ष ढकाल भने कुनै पक्षमा खुलेका छैनन् । कसैको पनि चुनावी सभामा गएका छैनन् । अघिल्लो पटक शेखर गोल्छा भने खुलमखुला किशोर प्रधानको पक्षमा भोट माग्दै हिँडेका थिए । तर, ढकाल कसैको चुनावी सभामा नगएपनि आन्तरिक रूपमा उमेशकै पक्षलाई समर्थन गर्ने गरेको बताइन्छ ।

 

उनले सर्वसम्मत नेतृत्व छनोटका लागि तीन जना उम्मेदवारसँग छलफल गरे । तर, उनको प्रयास सफल हुन सकेन । अञ्जन श्रेष्ठको पक्षमा कुशकुमार जोशी, आनन्दराज मुल्मी, महेशलाल प्रधान छन् । भवानी राणा, प्रदीपजंग पाण्डे, सौरभ ज्योति कुनै उम्मेदवारप्रति नखुलेको बताइन्छ ।

 

एसोसिएटतर्फ १९ जनामा उमेशको १३, संघईको ११ र अञ्जनको ६ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला नगरतर्फ १८ जना उम्मेदवारमध्ये उमेशले १८ जना र अञ्जनले १२ जना उम्म्मेदवार उठाएका छन् । वस्तुगततर्फ पनि उमेश र अञ्जनको १४-१४ उम्मेदवारले उम्मेदवारी दिएका छन् । उमेश र अञ्जनको छुट्टाछुट्टै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरे पनि भरतराज आचार्य साझा उम्मेदवार भएका छन् ।

 

वरिष्ठ उपाध्यक्षसँगै बिहीबार ६६ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ । वस्तुगत संघमा १४ सदस्यका लागि २८ जना, उद्योग वाणिज्य संघतर्फ १८ का लागि ३२ जना र एसोसिएटतर्फ १९ का लागि ३० जनाको उम्मेदवारी परेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...