YouTube Link

कोरोना र भाइरल संक्रमणबाट कसरी बच्ने ?

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: गर्मी मौसम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीले अस्पताल भरिँदै गएको चिकित्सकको भनाइसँगै मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस जस्ता समस्या पनि धेरै देखिने गर्छन् ।

 

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजार देखिन सक्छ । गर्मी मौसममा हाम्रो शरीरको रोग प्रतिरोधात्मकता वा प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ ।

 

त्यस्तो बेलामा हामीले झनै बाहिरका सडे गलेका र प्याकेटमा लामो समय राखेका खाना खाँदा झनै समस्या बढ्न सक्ने चिकित्सकको भनाइ छ । यो मौसममा भाइरल सङ्क्रमण वा ब्याक्टेरियाको इन्फेक्सन त्यत्तिकै मात्रामा बढ्दै गएको छ । यस्ता सङ्क्रमित रोगबाट कसरी बच्ने त ?

 

मौसमी फ्लु र कोरोनाका लक्षण मिल्दोजुल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि मानिसमा मलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रममण नै भयो कि भन्ने शंका पनि धेरै पाइन्छ । संक्रामक रोगमा यो समयमा रुघाखोकीसँगै नाकबाट पानी बगिराख्ने हुनसक्छ ।

 

शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको जस्तो महसुस हुने, टाउको र आँखाको डिल दुख्ने, बान्ता हुने र पखाला लाग्ने, खाना खान मन नलाग्ने, अपच हुने लगायतका समस्या हुन्छन् । बच्चालाई वान्ता र पखाला बढी हुन्छ । यसले श्वासनलीमा समेत सङ्क्रमण गर्छ । भाइरल ज्वरोले शरीरका धेरै अंगलाई असर गरेको हुन्छ । यसको असर बुढाबुढी र बच्चालाई धेरै हुन्छ ।

 

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक हुन्छ ?

– मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि १०० डिग्रीसम्म पुग्ने गर्छ । तर कोरोना भइरसको सङ्क्रमण भएपछि ज्वरो १०० भन्दा माथि पुग्छ ।

 

– मौसमी फ्लु हुँदा २/४ दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कोरोनाको लक्षण पाँचदेखि १४ दिनसम्म देखापर्छ ।

 

– सामान्य फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लागेर सामान्य ज्वरो आउने हुन्छ । कोभिडमा ज्वरोसँगै श्वासप्रश्वासमा समेत असर गर्छ ।

 

– फ्लु दुईदेखि चार दिनको अन्तरमा अरूमा सर्छ र कोरोना भाइरस चाहिँ चार या पाँच दिनको फरकमा अरू व्यक्तिमा सर्छ ।

 

– रुघा वा सामान्य फ्लुमा खोकी लाग्दा खकारसहित आउँछ तर कोरोना भाइरसको सङ्क्रमण हुँदा सुख्खा खोकी लाग्छ ।

 

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?

– फलफूल, सागपात तथा हरिया तरकारिका परिकार प्रशस्त मात्रामा खाने,

 

– खानेकुराहरू सकेसम्म प्राकृतिक रूपमा खाने,

 

– मौसम अनुसारका फलफूल खाने,

 

– प्रशस्त वा शरीरलाई आवस्यक पर्ने मात्रामा उमालेको पानी पिउने। सकभर चिसो र बाहिर जहाँ पायो त्यहिको पानी नपिउने,

 

– धेरै मात्रामा झोलिला खानेकुरा खाने,

 

– केही दिन भिजाएर टुसा पलाएका गेडागुडी खाने गर्नुपर्छ।

 

सङ्क्रमित रोगबाट बच्न बिहानदेखि बेलुकासम्म के गर्ने ?

– नियमित हातदेखि शरीरको सरसफाइमा ध्यान दिने,

 

– हातमा पन्जाको प्रयोग गर्न र काम गर्दा पटकपटक स्यानिटाइजर प्रयोग गर्ने,

 

– बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्ने,

 

– शौचालय जाँदा र बाहिरबाट घर सार्वजनिक स्थलबाट फर्केपछि कम्तीमा पनि २० सेकेन्ड मिचीमिची साबुन पानीले हात धुने,

 

– दैनिक कपडा चेन्ज गरेर लगाउने गर्नुपर्छ ।

 

कस्तो अवस्थामा अस्पताल जानै पर्ने हो ?

– कसैलाई निरन्तर ज्वरो आउने र १०१ देखि १०२ डिग्रीभन्दा बढी वा माथि ज्वरो आयो भने अस्पताल जानुपर्छ ।

 

– सास फेर्दा छाती धेरै दुखेर धेरै गाह्रो भयो भने घरमा नै बसेर तातो पानी खान्छु निको हुन्छ भन्नु हुँदैन । तुरुन्तै अस्पताल जानुपर्छ ।

 

– कसैलाई मधुमेह वा कुनै दीर्घ रोग छ भने अस्पतालमा नै गएर चिकित्सकको उचित सल्लाह लिनुपर्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...