YouTube Link

कोरोना र भाइरल संक्रमणबाट कसरी बच्ने ?

World Cup 2026
Facebook Link

 

काठमाडौं: गर्मी मौसम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीले अस्पताल भरिँदै गएको चिकित्सकको भनाइसँगै मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस जस्ता समस्या पनि धेरै देखिने गर्छन् ।

 

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजार देखिन सक्छ । गर्मी मौसममा हाम्रो शरीरको रोग प्रतिरोधात्मकता वा प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ ।

 

त्यस्तो बेलामा हामीले झनै बाहिरका सडे गलेका र प्याकेटमा लामो समय राखेका खाना खाँदा झनै समस्या बढ्न सक्ने चिकित्सकको भनाइ छ । यो मौसममा भाइरल सङ्क्रमण वा ब्याक्टेरियाको इन्फेक्सन त्यत्तिकै मात्रामा बढ्दै गएको छ । यस्ता सङ्क्रमित रोगबाट कसरी बच्ने त ?

 

मौसमी फ्लु र कोरोनाका लक्षण मिल्दोजुल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि मानिसमा मलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रममण नै भयो कि भन्ने शंका पनि धेरै पाइन्छ । संक्रामक रोगमा यो समयमा रुघाखोकीसँगै नाकबाट पानी बगिराख्ने हुनसक्छ ।

 

शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको जस्तो महसुस हुने, टाउको र आँखाको डिल दुख्ने, बान्ता हुने र पखाला लाग्ने, खाना खान मन नलाग्ने, अपच हुने लगायतका समस्या हुन्छन् । बच्चालाई वान्ता र पखाला बढी हुन्छ । यसले श्वासनलीमा समेत सङ्क्रमण गर्छ । भाइरल ज्वरोले शरीरका धेरै अंगलाई असर गरेको हुन्छ । यसको असर बुढाबुढी र बच्चालाई धेरै हुन्छ ।

 

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक हुन्छ ?

– मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि १०० डिग्रीसम्म पुग्ने गर्छ । तर कोरोना भइरसको सङ्क्रमण भएपछि ज्वरो १०० भन्दा माथि पुग्छ ।

 

– मौसमी फ्लु हुँदा २/४ दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कोरोनाको लक्षण पाँचदेखि १४ दिनसम्म देखापर्छ ।

 

– सामान्य फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लागेर सामान्य ज्वरो आउने हुन्छ । कोभिडमा ज्वरोसँगै श्वासप्रश्वासमा समेत असर गर्छ ।

 

– फ्लु दुईदेखि चार दिनको अन्तरमा अरूमा सर्छ र कोरोना भाइरस चाहिँ चार या पाँच दिनको फरकमा अरू व्यक्तिमा सर्छ ।

 

– रुघा वा सामान्य फ्लुमा खोकी लाग्दा खकारसहित आउँछ तर कोरोना भाइरसको सङ्क्रमण हुँदा सुख्खा खोकी लाग्छ ।

 

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?

– फलफूल, सागपात तथा हरिया तरकारिका परिकार प्रशस्त मात्रामा खाने,

 

– खानेकुराहरू सकेसम्म प्राकृतिक रूपमा खाने,

 

– मौसम अनुसारका फलफूल खाने,

 

– प्रशस्त वा शरीरलाई आवस्यक पर्ने मात्रामा उमालेको पानी पिउने। सकभर चिसो र बाहिर जहाँ पायो त्यहिको पानी नपिउने,

 

– धेरै मात्रामा झोलिला खानेकुरा खाने,

 

– केही दिन भिजाएर टुसा पलाएका गेडागुडी खाने गर्नुपर्छ।

 

सङ्क्रमित रोगबाट बच्न बिहानदेखि बेलुकासम्म के गर्ने ?

– नियमित हातदेखि शरीरको सरसफाइमा ध्यान दिने,

 

– हातमा पन्जाको प्रयोग गर्न र काम गर्दा पटकपटक स्यानिटाइजर प्रयोग गर्ने,

 

– बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्ने,

 

– शौचालय जाँदा र बाहिरबाट घर सार्वजनिक स्थलबाट फर्केपछि कम्तीमा पनि २० सेकेन्ड मिचीमिची साबुन पानीले हात धुने,

 

– दैनिक कपडा चेन्ज गरेर लगाउने गर्नुपर्छ ।

 

कस्तो अवस्थामा अस्पताल जानै पर्ने हो ?

– कसैलाई निरन्तर ज्वरो आउने र १०१ देखि १०२ डिग्रीभन्दा बढी वा माथि ज्वरो आयो भने अस्पताल जानुपर्छ ।

 

– सास फेर्दा छाती धेरै दुखेर धेरै गाह्रो भयो भने घरमा नै बसेर तातो पानी खान्छु निको हुन्छ भन्नु हुँदैन । तुरुन्तै अस्पताल जानुपर्छ ।

 

– कसैलाई मधुमेह वा कुनै दीर्घ रोग छ भने अस्पतालमा नै गएर चिकित्सकको उचित सल्लाह लिनुपर्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...