YouTube Link

आर्थिक संकट गहिरिँदै गएसँगै थम्सन नेपाल खारेजीको प्रक्रियामा

Facebook Link

 

काठमाडौं: विज्ञापन एजेन्सी वान्डरम्यान थमसनको नेपाल ब्रान्च बन्द हुने चरणमा पुगेको छ । विज्ञापन बजार खुम्चिएर आर्थिक संकट गहिरिँदै गएपछि थम्सन खारेजी प्रक्रियामा गएको हो ।

 

थम्सन नेपालले यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । पछिल्लो समय चरम आर्थिक संकटबाट गुज्रिएको थम्सन नेपाल आफ्ना कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा पुगेको छ ।

 

कुनैबेला ५० जनासम्म कर्मचारी राखेर काम गरेको थम्सनले पछिल्लो समय आउटसोर्सिङबाट काम चलाउन थालेको थियो ।

 

सन् २०१० सम्म नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विज्ञापन एजेन्सीको रूपमा रहेर थम्सन चिनिन्थ्यो । विश्वभरका ९० बजारमा २० हजार प्रतिनिधि संस्थामार्फत सेवा दिँदै आएको जेवाल्टर थम्सन अमेरिकी विज्ञापन एजेन्सी हो । यसको स्थापना १८९६ मा जेम्स वाल्टर थम्सनले गरेका थिए ।

 

९७ को दशकमा नेपाल भित्रिएको थम्सनले आफ्ना कर्मचारीलाई आकर्षक तलब दिँदै आएको थियो । यही कारण यसको सञ्चालन खर्च नै नेपालमा रहेका अन्य विज्ञापन एजेन्सी भन्दा बढी हुन गयो । पेप्सी, सूर्य नेपाल, डाबर नेपाल, युनिलिभर, युएसएआइडी लगायतको विज्ञापन थम्सनले नेपालकै बनाउने गरेको थियो । थम्सनले विज्ञापनलाई सृजनात्मक बनाए बापत मात्रै (क्रियटिभ चार्ज) वार्षिक ५ करोड रुपैयाँ असुल्ने गरेको थियो ।

 

तर, जब नेपालमा सरकारले सुर्ती–चुरोट तथा मदिराजन्य पदार्थको विज्ञापन आमसञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न रोक लगायो त्यही बेलादेखि कम्पनीको आम्दानीमा धक्का लाग्दै आयो । यसले आफ्ना कर्मचारीलाई राम्रो तलब दिन सकेन । गत वर्षको कात्तिकमा जनस्वास्थ्य सेवा ऐनले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण र प्रचारप्रसार गर्न रोक लगाएको भन्दै विज्ञापन बोर्डले सूचना जारी गरेको छ ।

 

सबैभन्दा बढी आम्दानी हुने सुर्ती, चुरोट र मदिराको विज्ञापन बनाउन नपाएपछि थम्सनलाई सबैभन्दा ठूलो धक्का लागेको हो । आकर्षक तलब खान नपाएपछि थम्सनका कर्मचारीहरू सृजनात्मक बनेनन् । त्यसको असर कम्पनीले बनाउने विज्ञापनसम्मै झल्कियो । नाम चलेका कम्पनीले थम्सनसँग गर्दै आएको साझेदारीबाट हात झिक्न थाले ।

 

थम्सन नेपालको कार्यालय पहिले त्रिपुरेश्वरमा थियो । पछि नारायणहिटी दक्षिण ढोका लालदरबारमा सर्‍यो । थम्सन नेपालको एसिया प्यासिफिकमा मात्र अष्ट्रेलिया, बंगलादेश, चाइना, नेपाल, हङकङ, इण्डिया, इन्डोनेसिया, जापान, कोरिया, फिलिफिन, सिंगापुर, थाइल्याण्ड र ताइवानमा यसका कार्यालय छन् । युरोप, मध्यपूर्व अफ्रिका, ल्याटिन अमेरिका, नर्थ अमेरिका लगायतमा यसको कार्यालय रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...