YouTube Link

आज मन्त्रिपरिषद् विस्तारसँगै शपथको तयारी

Facebook Link

 

काठमाडौं: केही मन्त्रालयमा रहेको दाबी टुंग्याएर आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार गरी अपराह्न मन्त्रीहरूको शपथ हुने भएको छ ।

 

गठबन्धनका केही दलले केही मन्त्रालयमा आफ्नो दाबी नछाडेपछि बिहीबार रोकिएको मन्त्रिपरिषद् विस्तार आज गर्न लागिएको हो ।

 

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी दोहोर्‍याएका मन्त्रालयको विवाद टुंग्याउन सरोकारवाला दलहरूसँग संवाद गरिरहेका छन् ।

 

कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा या परराष्ट्र मन्त्रालय भन्ने टुंगो लाग्न बाँकी छ । तर, रक्षामा उनी सन्तुष्ट नहुने देखिएका कारण परराष्ट्रको सम्भावना बलियो छ ।

 

अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धनराज गुरुङ, कानुन मन्त्रालयमा डिगबहादुर लिम्बू र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सीता गुरुङको नाम तय भएको कांग्रेस स्रोतले बताएको छ ।

 

स्वास्थ्य मन्त्रालयमा मोहनबहादुर बस्नेत या प्रदीप पौडेल भन्ने टुंगो लाग्न बाँकी छ । सहरी विकास मन्त्रालयमा एनपी साउद या बद्री पाण्डे भन्ने टुंगो लाग्न बाँकी छ । टुंगो लाग्न बाँकी रहेकाले अन्य केही नाममा समेत छलफल भइरहेको नेताहरूको भनाइ छ ।

 

मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा सभापति देउवालाई छ । स्वास्थ्य मन्त्रालयमा सभापति देउवाले मोहन बस्नेतलाई ल्याउन चाहेका छन् भने महामन्त्रीद्वयको जोडबल प्रदीप पौडेल रहेकाले टुंगो लाग्न बाँकी छ ।

 

त्यस्तै, सहरी विकास मन्त्रालयमा सभापतिले एनपी साउदलाई ल्याउने चाह राखेका छन् भने इतर समूहले तीन मन्त्रालय आफूले पाउनुपर्ने भन्दै बद्री पाण्डेको नाम अघि सारेको छ ।

 

कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा पनि नेताहरूबीच यसबारे छलफल भएको थियो । बैठकपछि पनि पदाधिकारीसँग सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा छलफल गरेका थिए ।

 

माओवादी मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले महिला एवं बालबालिका मन्त्रालय पाउने भएका छन् । सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराँतीले निरन्तरता पाउने भएका छन् ।

 

जसपाले शिक्षा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । जसपालाई वन मन्त्रालय दिने तयारी रहेको स्रोतको भनाइ छ । जसपाले कृषि मन्त्रालय पनि दाबी गरेको छ ।

 

एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने भएको छ । यो मन्त्रालय उपमहासचिव प्रकाश ज्वालाले सम्हाल्नेछन् । उपाध्यक्ष बेदुराम भुसालले कृषि मन्त्रालय सम्हाल्ने भएका छन् ।

 

जनमतले उद्योग मन्त्रालय पाउने भएको छ । खानेपानीमन्त्री अब्दुल खान उद्योग मन्त्रालयमा सरुवा हुने भएका छन् । नेसपाका अध्यक्ष महिन्द्र राय यादवले खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन् ।

 

लोसपाका शरतशिंह भण्डारीले श्रम मन्त्रालय सम्हाले भएका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । उनले सहरी विकास मन्त्रालय दाबी गरेकी थिइन् ।

 

कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २/२, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले १/१ मन्त्रालय पाउने गरी सहमति भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...