YouTube Link

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढदै

Facebook Link

 

काठमाडौं: राष्ट्रपतिको निर्वाचनको समयावधि नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढेको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिना अगाडि गरिसक्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

 

अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुन २८ मा सकिँदैछ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य र सातै प्रदेशका प्रदेशसभा सदस्य मतदाता रहने ब्यवस्था छ ।

 

सत्तासाझेदार दलहरु यही अंकगणितका आधारमा राष्ट्रपति निर्वाचनको सम्भावित परिणामको जोडघटाउमा ब्यस्त छन् । सत्ता साझेदार दलहरुका बीच राष्ट्रपतिको निर्वाचनले आशंका समेत बढाएको छ । राष्ट्रपतिको निर्वाचन नजिँकिएसँगै वर्तमान सत्ता साझेदार दलका विरोधाभाषपूर्ण अभिब्यक्ति आउन थालेका छन् ।

 

माओवादीले राष्ट्रिय सहमतिको अवधारणा अगाडि सारेको छ भने एमाले राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ । माओवादीको धारणासँग कांग्रेस सहमत देखिएको छ ।

 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । शुक्रबार बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने धारणा नेताहरुले ब्यक्त गरेको बताइएको छ ।

 

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रम चलिरहेको छ । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा ब्यक्त गर्ने क्रम जारी छ । बैठक १६ गते सोमबार पुनः बस्ने बताइएको छ ।

 

माओवादीका एक पदाधिकारीका अनुसार शक्ति सन्तुलनको दृष्टिले राष्ट्रपति वर्तमान गठबन्धनभन्दा बाहिरैबाट बनाउनुपर्ने धारणा नेताहरुले राखेका छन् ।

 

सभामुख, राष्ट्रपति जस्ता महत्वपूर्ण राजकीय पद एमालेलाई दिँदा भोलि अध्यक्ष केपी शर्मा ओलीबाट धोका हुने माओवादीमा आशंका ब्याप्त छ । यही आशंकाकै कारण माओवादीबाट राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अस्त्र प्रयोग गरिएको हो ।

 

यता एमाले राष्ट्रपति नपाएर गठबन्धनबाट बाहिरिएपनि तत्काल सरकारले विश्वासको मत लिने आवश्यक पर्दैन । किनभने कांग्रेसले दिएको विश्वासको मत नै सरकारको निरन्तरताका लागि पर्याप्त छ ।

 

सोही कारणले माओवादी निर्धक्क भएरै राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्नुपर्ने धारणा ब्यक्त गर्न थालेको बताइन्छ । माओवादीका ती पदाधिकारीका अनुसार कांग्रेसले राष्ट्रपतिमा सबैको सहमति खोज्ने प्रयत्न गरिने भएको छ । एमालेलाई राष्ट्रपति दिन नहुनेमा माओवादी नेताहरुले अडान जारी राखेका छन् ।

 

पछिल्लो विकसित राजनीतिक समीकरणमा राष्ट्रपतिको निर्वाचनले ‘यूटर्न’ आउने आँकलन गर्न थालिएको छ । यसले वर्तमान समीकरणमा बदलाव आउने समेत राजनीतिका जानकारहरुको पूर्वानुमान छ ।

 

कांग्रेसले माओवादीबाट राष्ट्रपति निर्वाचनमा साथ पाउनेमा ढुक्क रहेको बताइन्छ । उसले पार्टीको केन्द्रीय समितिको बैठक समेत बोलाउन सकेको छैन । केन्द्रीय समिति बैठक बोलाउने चर्चा चलेपनि सभापति शेरबहादुर देउवाले रुची देखाएका छैनन् ।

 

बैठकमा शेखर कोइराला समूहले सशक्त प्रतिपक्षीकै भूमिका निर्वाह गनूपर्ने माग राख्ने र माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्डप्रतिको मोहभंग गर्न बाध्य पार्ने भएकाले उनले रुची नदेखाएको कांग्रेस निकट स्रोत बताउँछ ।

 

यसअघि शेखर कोइराला समूहको बैठकले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताइसकेको छ । तर, कांग्रेसका सभापति देउवाले प्रचण्डलाई चिढाउने अहिलेसम्म कुनै अभिब्यक्ति दिएका छैनन्। उनले तत्कालीन गठबन्धन प्रचण्डको कारणले नटुटेको बताउँदै उनलाई दोष दिनु गलत हुने बताइरहेका छन् ।

 

कांग्रेसले सार्वजनिक रुपमा आफ्नै उम्मेदवार राष्ट्रपति हुने बताइरहदा सत्तारुढ एमाले भने माओवादीप्रति थप सशंकित बन्दै गइरहेको छ । उसले राष्ट्रपतिमा आफ्नो दाबी कायम गरिरहेको छ ।

 

कांग्रेस अझै आफूलाई साथ दिन तयार रहेकोमा माओवादी विश्वस्त छ । माओवादीलाई विश्वासमा लिने जिम्मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिइएको बताइन्छ । उनले निरन्तर रुपमा प्रचण्डसँग सम्पर्क गर्दै विश्वासमा लिने प्रयत्न जारी राखिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...