YouTube Link

सभामुख पदमा देउवा-नेपाल सहकार्य, जसपा र जनमतलाई फकाउँदै

Facebook Link

 

काठठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएका माधव नेपालले सभामुख पदका लागि कांग्रेससँग सहकार्य गर्ने भएको छ ।

 

बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि अध्यक्ष नेपालले कांग्रेसको प्रस्तावलाई स्वीकार गरेका  हुन् । सोही अनुसार कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतकसमेत रहेका प्रकाश ज्वालाले समर्थन जनाएका छन् ।

 

न्यौपानेले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावक र ज्वालाको समर्थनमा सभामुख पदमा उम्मेदवारी दिएका छन् । सभामुख पदमा सहयोग गर्न देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि छलफल गरिरहेका छन् ।

 

सत्तारुढ दलसमेत रहेका जसपा र जनमतले भागबण्डामा असन्तुष्टि जनाएका छन् । भागबण्डामा मनपरी गरेको भन्दै जसपा सरकारमा सहभागी नै भएनन् भने जनमतले आफूले भनेको मन्त्रालय नपाएपछि समर्थन फिर्ता लिने तयारीमा छन् ।

 

आफूलाई प्रमुख प्रतिपक्षीकै रूपमा उभ्याउने घोषणा गरिरहेका देउवाले सत्ता साझेदार दलका असन्तुष्ट पक्षहरूलाई मिलाएर लैजाने नीति अपनाएका छन् । सोहीअनुरूप उनले माधव नेपालसहित नेताहरूसँग सम्बाद गरिरहेका छन् ।

 

यता नेपालले प्रधानमन्त्री प्रचण्डबाट सरकारमा सहभागी हुने वा नहुने विषयमा औपचारिकरूपमा केही प्रस्ताव नगरेको बताइरहेका छन् । प्रचण्ड ओली निकट बन्दै गर्दा नेपाल प्रचण्डसँग झन् सशंकित बनेका हुन् ।

 

मंगलबारको सर्वदलीय बैठकमा पनि ओली र नेपालबीच सवाल जवाफ भएको थियो । राष्ट्रपति, सभामुखलगायत पदहरूमा पहिल्यै सहमति भइसकेको र त्यसमै सबैको सहमति हुनुपर्ने ओलीको भनाइप्रति नेपालले कडा जवाफ फर्काएका थिए । नेपालले आफूहरूको काम तपाइँहरूले भन्दै गएको कुरा मान्ने हो र भन्दै प्रश्न गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...