YouTube Link

कांग्रेसले विश्वासको मतबारे २६ गते निर्णय लिने

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको छ ।

 

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष २५ र २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको प्रक्रियाबारे सांसदलाई जानकारी गराउदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको हो ।

 

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले सदनमा कांग्रेसका सांसदहरुले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइएको बताए ।

 

अहिलको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको छ भने निर्वाचन सफल पार्न भूमिका खेल्ने सवैप्रति पनि आभार व्यक्त गर्ने निर्णय गरेको लेखकले बताए ।

 

उनले विश्वासको मतका बिषयमा छलफल गर्न पुष २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिए । लेखकले अहिलको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पारे ।

 

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताए । उनले केन्द्रीय समितीको बैठकमा निर्वाचनको समिक्षा, राजनीतिक घटनाक्रमको समिक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने बिषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखे ।

 

बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...