Rajshow Bivag

कांग्रेसले विश्वासको मतबारे २६ गते निर्णय लिने

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको छ ।

 

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष २५ र २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको प्रक्रियाबारे सांसदलाई जानकारी गराउदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको हो ।

 

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले सदनमा कांग्रेसका सांसदहरुले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइएको बताए ।

 

अहिलको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको छ भने निर्वाचन सफल पार्न भूमिका खेल्ने सवैप्रति पनि आभार व्यक्त गर्ने निर्णय गरेको लेखकले बताए ।

 

उनले विश्वासको मतका बिषयमा छलफल गर्न पुष २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिए । लेखकले अहिलको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पारे ।

 

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताए । उनले केन्द्रीय समितीको बैठकमा निर्वाचनको समिक्षा, राजनीतिक घटनाक्रमको समिक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने बिषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखे ।

 

बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...