कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता
वि.सं.२०७९ पुस ५ मंगलवार ०९:०५
2K
shares
काठमाडौं: नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो ।
आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधान अनुसार दल नेता चयन प्रक्रिया थालेको हो । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । कांग्रेसले ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।
वि.सं.२०७९ पुस ५ मंगलवार ०९:०५



















