नेकपा सचिवालय बैठक बस्दै, बैठक केन्द्रीय विभाग प्रमुख, उप्रमुख, जिल्ला इन्चार्ज र सह-इन्चार्ज लगायतका नेतृत्वको टुंगो लगाउने विषयमा केन्द्रीत
वि.सं.२०७६ साउन ५ आइतवार ०९:०३
687
sharesकाठमाडौं: सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टी एकता प्रक्रियालाई टुंगो लगाउने नेकपा स्रोतले जनाएको छ । बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने जनाइएको छ ।
नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिने बारेमा टुंगो लागिसकेको छ । यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ । ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी एक सय २१ सदस्य हुने गरी भागबन्डा गरिसकेको छ । तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ ।
वि.सं.२०७६ साउन ५ आइतवार ०९:०३