पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:५१

काठमाडौं: सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । विकल्प नदिई सडकमा पार्किङ गर्नबाट रोक लगाइएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
महानगरपालिकाले सडक छेउमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालेपछि व्यवसायीहरुले विरोध गरेका हुन् । पार्किङका लागि अन्यत्र वा सडकको एक लाइनमा भएपनि पार्किङ गर्न दिनुपर्ने उनीहरुको माग छ ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:५१