YouTube Link

फिफा विश्वकप फुटबलमा स्पेनलाई हराउँदै जापान नकआउट चरणमा पुग्यो, बेल्जियम र जर्मन विश्वकपबाट बाहिरिए

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई  २-१ गोल अन्तरले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ ।

 

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो ।

 

खेलको ११औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

 

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।

 

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

 

स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

 

 

यसैबीच बेल्जियम विश्वकपबाट बाहिरिएको छ  । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।

 

क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए ।

 

क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् । बराबरीपछि समूह ‘एफ’ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो ।  बेल्जियम तेस्रो स्थान रह्यो ।

 

बेल्जियमको यस टिमलाई ‘गोल्डेन जेनेरेसन’ मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ । क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो ।

 

 

यसैगरी जर्मनी पनि समूह चरणबाट बाहिरिएको छ । कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।

 

निकै  नै रोमान्चक खेलको १०औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५८औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए ।

 

७०औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । खेलको ७३औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए ।

 

खेलको ८५औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए ।

 

जितका बाबजुत समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा रह्यो । र, प्रतियोगिताबाट बाहिरिएको छ । जर्म्मानी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो ।

 

जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । कोस्टारिका ३ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...