YouTube Link

आम निर्वाचनका लागि मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री ७७ वटै जिल्लामा पुग्यो

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री ७७ वटै जिल्लामा पुगेका छन् ।

 

स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउने गरी निर्वाचनको अन्तिम तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

 

निर्वाचन सम्बन्धी सबै काम अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘सबै निर्वाचन सामग्री जिल्ला र निर्वाचन क्षेत्र पठाइसकिएको छ । त्यहाँबाट कर्मचारीसहित मतदान केन्द्रमा पठाउन सुरु भइसकेको छ । मतदाता शिक्षा कार्यक्रम मतदाताको घरदैलोसम्मै पुगेको छ । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । आयोगको तयारी अन्तिम चरणमा छ,’ उनले भने ।

 

स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउन आयोगले कुनै कसर बाँकी नराख्ने थपलियाको भनाई छ । संघ र प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि आयोगले ३ करोड ९७ लाख ८९ हजार ५०० र समानुपातिकतर्फ  ४ करोड ६ लाख पाँच हजार मतपत्र छापेको थियो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका मतपत्र मतदान अधिकृतलाई हस्तान्तरण गरिनेछ ।

 

देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

 

आयोगबाट ढुवानी भएर आइपुगेका निर्वाचन सामग्री ७७ वटै जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा पठाउन सुरु गरेका छन् । बुधबारदेखि दुर्गम र टाढाको क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मीसहित सामग्री पठाउन सुरु गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

 

आयोगले गत साता ७३ जिल्लामा १३२ वटा ट्रकबाट तथा हुम्ला, बाजुरा र डोल्पामा सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाएको थियो । त्यसमा थप १५ प्रकारका सामग्री खरिदको जिम्मा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पाएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूले एक सय ६५ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमार्फत २२ हजार २२७ मतदान केन्द्रमा कुल ७३ वटा निर्वाचन सामग्री पठाउन थालेको सहायक प्रवक्ता अर्यालले बताए । उनका अनुसार मतदानको ४८ घन्टाअघि १ मंसिरभित्र मतदान अधिकृतसहित निर्वाचन सामग्री र जनशक्ति सबै मतदान केन्द्रमा पुगिसक्नेछ ।

 

मौसम प्रतिकूलता भएमा आयोगले हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्‍याउने विकल्प पनि तयारी अवस्थामा राखेको छ । साथै मौसमअनुसार हिमाली र पहाडी क्षेत्रबाट तल झर्ने मतदाताका लागि आयोगले मतदान केन्द्र नै सार्न सकिने विकल्प पनि तयार रहेको सहायक प्रवक्ता अर्यालले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...