आइसल्याण्डमा राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०८:५७
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् ।
विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको हो ।
डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच-मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गरिन् । राष्ट्रपति भण्डारी महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन् । भण्डारीले त्यहाँ प्रमुख वक्ताका रूपमा सम्बोधन पनि गरिन् ।
सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०८:५७