Rajshow Bivag

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

Departmant of helth services

 

काठमाडौं: नेपाल  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गरेका छन् ।

 

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

 

उनले सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले ‘चुनाव नलड्नु राजनीति छाड्नु नभएको’ बताउँदै आफू सधैँ राजनीतिमा रहेको जानकारी गराएका छन् ।

 

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बाँकी रहेका उनले बताए ।

 

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । ‘उनले भने,’ तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

 

 

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
आइतबारसम्म वर्षाको सम्भवना

आइतबारसम्म वर्षाको सम्भवना

वि.सं.२०८० चैत १६ शुक्रवार १०:२०

  काठमाडौं: तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान...

विवादमा एसपी बढुवा सिफारिस

विवादमा एसपी बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार ०९:४३

  काठमाडौं: नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी...

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५०

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

वि.सं.२०८० चैत १५ बिहीवार १०:१३

  काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद...

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०८० चैत १५ बिहीवार ०९:५८

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा...

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

वि.सं.२०८० चैत १५ बिहीवार ०९:२६

  काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखला अन्तर्गत...