Texas College
YouTube Link

दशैं होईन दशा भयो भन्छिन शान्ति

Facebook Link

 

चितवन: बाबा कहिले आउनुहुन्छ आमा ? यो प्रश्नले शान्ति चेपाङलाई दिनकै झस्काउछ । अहिले गाउँमा हिन्दूहरुको मुख्य चाड दशैंले छपक्कै छोपेको छ । टाढा टाढा भएका आफन्तहरु घर जाने क्रम जारी छ ।

 

पुरानो घर त्यसमाथि झार उम्रिएको छ । त्यही घरमा आश्रय लिईरहेका शान्तिले दशैं आउन लागेपछि लिप पोत चाहि गरेकी छिन । घर चिटिक्क बनाउन खोजे पनि उनको मनभित्र उम्लिरहेको दुखान्तलाई मेट्ने काम कसैले गर्न सकेको छैन ।

 

गाउँका वल्लो र पल्लो घरका बालबच्चाका लागि उनीहरुका अभिभाबकले नयाँ कपडा किनेर ल्याईसकेका छन् । त्यसरी ल्याउने क्रम जारी नै छ । दशैं चेपाङ जातिको मुख्य त चाड होईन । चेपाङ जातिको मुख्य चाड न्वांगी हो । तथापी यस चाडलाई चेपाङजातिले पनि मुख्य चाडकै रुपमा मनाउने गर्छन ।

उनीहरुले पनि यो चाडमा रमाइलो गर्ने, छोरी चेलीहरु कोसेली बोकेर माइत जाने गर्छन । यो चाडलाई उनीहरुले पनि अन्य जातिजस्तै पारिवारिक मिलन हुने चाडकै रुपमा लिने गर्छन ।

 

देशको कुनैपनि कुना काप्चामा रहेकाहरु पनि दशैंमा घर जाने गर्छन । ज्याला मजदुरी गर्नेहरु पनि दशैंमा परिवारका लागि चाहिने सर सामान , लुगा फाटो बोकेर जाने गर्छन । घरमा चाहिले मरमसलादेखि अन्य चिज पनि बोकेर घर लैजाने चलन बिद्यमान रहेको छ ।

 

यस्तो महत्वपूर्ण चाडमा आफ्नो परिवार नहुँदा घरमा जो कसैलाई असह्य पिडा हुन्छ । यस्तै पिडा लुकउन बिबस छिन शान्ति चेपाङ । उनको श्रीमान गाँजा मुद्धामा जेल परेको आज ४ महिना लाग्यो । अर्काको भरिया बनेर जाँदा मनहरी प्रहरी चौकीबाट खटिएको टोलीले अक्कल बहादुर चेपाङलाई गाँजासहित समात्यो । अहिले उनलाई भिमफेदी कारागार जेल चलान गरिएको छ ।

 

बिहान बेलुका छाक टार्नकै लागि ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका अक्कलले पैसाको लोभमा गाँजा बोकेर हिडे । कमाउने मान्छे प्रहरीको फन्दामा परेपछि अहिले राप्ती नगरपालिका वडा नं. ११ जिम्लिङकी शान्ति चेपाङ ३ वटा बच्चा हुर्काउदैछिन ।

 

अरुको घरमा दशैंले रंगिएको बेला शान्तिको मन भरंग भईरहेको छ । उनले बाहिरी हाँसो अरुको अगाडी देखाएपनि उनको मनको जलन कस्ले बुझ्न सकेको छ र ? कसैले के छ ? भनेर सोधे ठिकै छ भन्दै बाहिरी हाँसो देखाउन खोज्छिन । तर उनको मनको पिडा लुकाउन खोजे पनि उनको हाउभाउले देखाईहाल्छ । ३ वटा बच्चामध्ये एउटा त काखमै छे । ठूला भईसकेकी छोरीले बाबा चिन्ने भईसके । यो अवस्थामा बच्चाले आफ्नो बाउ त खोज्ने नै भईहाल्यो । ठूली छोरी अस्मिले आमालाई बारम्बार बाबा कहिले आउनुहुन्छ आमा रु भनेर सोध्दा शान्तिको मन कम त भक्कानिदैन । उनले छोरीलाई बाबा जेल गएको छ भनेर भनेकी छैनन् । बालमष्तिकमा नराम्रो छाप पर्ला भनेर छोरीलाई बाबा पैसा कमाउन जानुभाछ भनेर टार्छिन ।

 

आफ्नो बालबच्चाको स्याहार र सुसार अनि अलि अलि भएको बारीमा काम गर्दै शान्तिको दिन बित्ने गर्छ । उनी आफ्नो अलावा गाउँमा पनि खेतालापात गर्ने गर्छिन । उनले आफे बारी आफै जोत्ने पनि गर्छिन । श्रीमान ज्याला मजदुरी गर्ने भएकै कारण उनले खनजोत आफै गर्दै आएकी हुन । महिलाले जोत्नु हुँदैन भन्नेहरुलाई उनको ठाडो जबाफ छ महिलाले गर्न सक्दैन भनेर होच्याएको होला तर महिलाले सबै काम गर्न सक्छे भनेर देखाउनकै लागि आफूले यस्तो गरेको हो ।

 

आर्थिक रुपमा विपन्न अक्कलबहादुर जेलमा गएपछि शान्तिको दिनचर्या अलि बेग्लै चल्न थालेको छ । अक्कल हुँदा एकसो काम मात्र गरे् पुग्नेमा अब चाहि कामको बोझ झन थपिएको छ । त्यो थपिएको बोझलाई पनि शान्तिले लुकाउन खोज्छे । तर उनको अनुहारको भावले हामीले सहजै अनुमान लगाउन सक्छौ कि उनको मनमा पिडा लुकेको छ ।

 

यही पिडाको बिचमा दशैं जस्तो मुख्य चाड आएको छ । यो चाडमा मासु, चामल, नयाँ लुगा किन्ने सबैको बानी छ । तर, शान्तिले आफ्नो र परिवारको लागि चाहिने कपडा र खाद्यान्न अहिलेसम्म खरिद गर्न सकेकी छैनन् । उनलाईदशैं जति नजिक आयो आफूलाई दशा लागेको अनुभव हुन्छ र भन्छिन दशैं होईन हाम्रो लागि दशा आयो । उनको यो भनाई अन्यमा पनि लागू हुन्छ । तथापी अहिले उनको परिवारको अवस्था हेर्दा हामीले हामीभन्दा बढी बज्रपातमा परेको देख्न सक्छौ ।

 

पुरानो घर त्यसमाथि झार उम्रिएको छ । त्यही घरमा आश्रय लिईरहेका शान्तिले दशैं आउन लागेपछि लिप पोत चाहि गरेकी छिन । घर चिटिक्क बनाउन खोजे पनि उनको मनभित्र उम्लिरहेको दुखान्तलाई मेट्ने काम कसैले गर्न सकेको छैन ।

 

उनकै श्रीमानसँगै जेल परेका छन् सोही ठाउँको ईन्द्रबहादुर चेपाङ पनि । उनको परिवारको अवस्था नि त्यस्तै छ । कमाउन भनेर हिडेका घरका मान्छेहरु जेलमा गएपछि अहिले परिवारमा पिडा छ ।

 

घरमै भएकाहरुको त दशैं कसरी मान्ने भनेर चिन्तामा रहेको बेला कमाउने मान्छे नै घरमा नभएकाहरुको हालत हेरिसनसक्नुको छ । हामीले यो अवस्थालाई अनुभव मात्र गरेपनि जो कसैको आङ सिरिङ्ग हुन्छ ।

 

यस्तो अवस्थामा सहयोगी मनको खोजीमा छन् उनीहरु । कतैबाट सहयोग मिले उनीहरुको परिवारमा पनि दशैंका रौनक छाउथ्यो कि भन्ने हाम्रो आशा छ । उनीहरुको मुहारमा खुसी तुल्याउनका लागि हामीले केही गर्न सके यसपालीको दशैं उनीहरुका लागि बहार बनेर आउनेछ । नभए उनीहरुको दशैं साच्चै शान्तिले भनेझै दशा नै बनेर आयो र त्यसरी नै जाने छ ।

 

कहिलेसम्म गाँजबाट प्रताडित बन्ने चेपाङ जाति ?

गाँजाबाट मनग्य कमाई हुने भएकोले चेपाङ जातिहरु यसको खेती गर्न र ब्यापार गर्न लालायित छन् । विश्व स्वास्थ्य संगठनले धरी औषधीजन्य गुण भएको वनस्पतीको रुपमा ब्याख्या गरिएको गाँजा नेपालमा भने प्रतिबन्धित लागूऔषको रुपमा रहेको छ ।

 

यस्तो अवस्थामा तत्काल सरकारले यसलाई प्रतिबिन्धित लागूऔषधबाट हटाउनु आवश्यक भएको संविधानसभा सदस्य गोविन्दराम चेपाङ बताउँछन् । अहिले सम्म सयौ चेपाङलगायत अन्य जातिहरु गाँजा मुद्धामै जेलजीवन बिताईरहेका छन् ।

 

यसलाई चाडै खुला गरेर बरु सरकारले राजश्व संलन गर्ने कार्य गरे यसबाट सरकारलाई पनि सहज हुने थियो भने गाँजबाट गरिबले पनि फाइदा पाउने अवस्था हुने थियो । यसतर्फ सबैले पहल गर्नुपर्ने देखिन्छ ।

यो समाचार पढेर सकैले सहयोग गर्न चाहे नेपोलियन चेपाङ९९८४१७०४८४९० लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...