नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु
वि.सं.२०७९ भदौ १० शुक्रवार १३:३१
1.8K
shares
काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ ।
बैठकमा छलफलका लागि विभिन्न ११ कार्यसूची रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन लगायत पेश गर्ने कार्यसूची रहेको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
यस्तै, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तिनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।
यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटब्युरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।
वि.सं.२०७९ भदौ १० शुक्रवार १३:३१




















