YouTube Link

नेकपा एमालेको दुई दिने केन्द्रीय समितिको बैठक आजबाट

Facebook Link

 

काठमाडौं: नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । बैठकमा स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामाथि छलफल हुनेछ । बैठक दुई दिनसम्म चल्नेछ ।

 

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायतका अजेन्डामा छलफल गर्नका लागि आजबाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

 

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो बैठकले तयार गरेको छ । जस अनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहने बुझिएको छ ।

 

यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दुरगामी प्रभाव बारे छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको विषयमा पनि छलफल गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनले लोकतन्त्रलाई कमजोर बानाएको निश्कर्षसहित केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ ।

 

भोलिको बैठकमा पहिलो एजेण्डाका रुपमा पार्टी अध्यक्षको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदनमाथि छलफल र समूहगत छलफलपछि आवश्यक निर्णय लिइनेछ ।

 

दोस्रो एजेण्डाका रुपमा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना व्यक्तिलाई सपथग्रहण गराएर बैठकमा सहभागी गराइनेछ । तेस्रो एजेण्डाका रुपमा यसअघि पार्टी सचिवालयले गरेका सबै निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।

 

चौथो एजेण्डामा आगामी निर्वाचनका उम्मेदवारको छनौट प्रक्रिया र मापदण्ड तयार गर्ने रहेको छ । पाँचौ एजेण्डा स्थानीय तह निर्वाचनका सम्बन्धमा प्राप्त उजुरीहरुको छानबिन गरेर पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले तयार पारेको रिर्पोट बैठकमा प्रस्तुत हुनेछ ।

 

संगठित सदस्यहरूको सदस्यता नम्बर दोहोरिएको बारे पनि व्यवस्थापन गर्ने गरी बैठकमा प्रताव गरिनेछ । यस्तै, भोलिको बैठकमा पार्टीका तीन आयोगको रिर्पोट पनि पेश हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...